फल माथिको प्रतिफल : जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)बाट पिडित प्रधानमन्त्री दाहालकी श्रीमति

- असार २७, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

मरण र जन्म कसैको हातमा हुँदैन । त्यो मान्छेको कर्ममा भर पर्ने कुरा हो । जस्ले जस्तो कर्म गर्यो । उसको अन्तिम यात्राको तय पनि त्यही अनुसार हुन्छ । भन्ने कुरा धुव्र सत्य हो ।
अहिले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवार शोक संकट परेको छ । निकै तामझामका साथ श्रीमति दाहालको अन्तिम संस्कार गरिएको छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी श्रीमति दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित थिइन् ।
केही वर्ष पहिला मात्र आफनो एक्लो सुपुत्र प्रकाश दाहाललाई बिदा गरेका प्रधानमन्त्री दाहालले त्यसको केही वर्ष पछि प्रधानमन्त्री दाहालले सुपुत्री पनि गुमाए । निकै शोक क्षणमा परेको प्रधानमन्त्री दाहालको परिवार आएको यो घडीलाई मानवताको गतिले हेर्ने हो दुखमय नै हो ।
तर प्रधानमन्त्री दाहालको बिगतलाई हेर्ने हो आम जनमानस अहिले पनि एउटा हिन्दी उखानको टुक्का जहिले पनि याद गर्छन् जैसी कर्नी वैसी भर्नी अर्थात आफूले जे गर्यो त्यसको परताप उसले भोग्नु पर्छ ।
१७ हजार आम नागरिकहरुलाई परिवर्तनको नाममा आहुति दिन लगाउने दलका नाइके प्रधानमन्त्री दाहालको परिवारमा आएको एक पछि अर्को शोकले उनले बिगतमा गरेका कर्महरुलाई पल्टाएको बताउँछन् धार्मीक संयन्त्रका प्रमुखहरु ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि अस्वस्थ श्रीमति दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।यसैबीच, स्वर्गीय श्रीमति पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने माओवादी सचिवालयले जानकारी दिएको थियो ।
पशुपति आर्यघाटमा भेटिएका एक धार्मीक अभियन्त भन्दै थिए , प्रधानमन्त्री दाहालले गरेका राजनीतिक कर्मका फलहरु बिस्तारै बाहिरीदै छन् । देशका जनता माथि गरेका विभिन्न धोकाधाडी देखी राजनीतिक आर्थिक उर्पाजनको गरेको प्रतिफल पनि हो भन्छन् धार्मीक अभियन्ता ।
प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधनपछि बुधबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर