पानीको बहाव ह्वात्तै बढ्यो : नदी किनारमा सावधानी रहन आग्रह
- असार २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
रसुवागढी ।
भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा बुधबार अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ । बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
मातहतका सबै प्रहरी चौकीमार्फत सतर्कता अपनाउने कार्य भइरहेको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाढीबाट हुनसक्ने असरबाट सबैजना सुरक्षित रहन र सुरक्षित गराउन अनुरोध गरिएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments