राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई धरौटीमा छाड्न अदालतको आदेश

- असार २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई पाँच हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

साथै अदालतले दिनेश खड्कासँग १० लाख र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । खड्का र धिताल वान एक्स बेटको प्रचार गर्न एजेन्टको रुपमा काम गरेका थिए ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अदालतको आदेशसँगै छाडिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर