तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार : प्रहरी परिसरभित्रै प्रहरी जवानलाई यातना
- असार २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
सिरहा ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका ८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो ।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको देखिन्छ। उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले कहाँ रक्सी खाइस् भन्ने प्रश्न गरेका छन् । जवाफमा उनले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस् । मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भनेको सुनिन्छ ।
भिडियोमा प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको विश्लेषण गरिएको छ । ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।
निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डरसमक्ष पुगेका बखत प्रहरी जवान रायलाई गाली गलौज गरेको बताइएको छ । गालीगलौज गरेपछि आक्रोशित प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएको छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे । उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए ।
डीएसपी पाण्डले रायले मादक पदार्थ सेवन गरेको भनिएपनि मेडिकल रिपोर्टमा नदेखिएको बताए । यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए ।
बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाको नवनिर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए । उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले बुधबारै छानविन समिति गठन गरेको छु । समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments