१९औं एसियाली खेलकुदको तयारी : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल हुँदै
- असार २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली महिला फुटबल टोलीले बिहिबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन्। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो। गत वर्ष भएको महिला साफ च्याम्पियनसिपपछि नेपालले बंगलादेशबीच खेल हुन लागेको हो।
एसियाडको तयारी स्वरुप भनिएको मैत्रिपूर्ण खेलमा अनन्त थापाको प्रशिक्षणमा टिम रहे पनि एसियाडका लागि भने राष्ट्रिय खेलकुद परिषदले बाल गोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। अहिलेसम्म एसियाडमा थापा वा महर्जन को प्रशिक्षक रहने भन्ने टुंगो भने लागेको छैन।
खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक थापाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। उनले तयारी राम्रो भएको र त्यसै अनुसार मैदानमा प्रदर्शन गरे खेल जित्न सकिने बताए। नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए।
गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन्। नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन्। गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा घाइते भएपछि टोली बाहिर थिइन्। प्रिती राईले पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन्।
नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments