संगीत /गीतार : घर छेउको घाँसे मैदान हुँदै युरोप सम्म पुगेको लामाको गीतारकला
- असार २८, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
घर छेउको घाँसे मैदानको एक किनारामा वरिपरि साथीभाईहरुको झुण्ड बनाएर काठे गीतार (हलो गीतार) का स्ट्रिङमा कोड मिलाउँदाको क्षण नै अहिले उनको लागि गीतारमय बन्यो । हरेक पल संगीतको धुनमा रम्न चाहने यो ठिटो हो नेपालको चर्चित गीतारबादक सुरेन लामा ।
१९९७ को ताका तिर नेपाली संगीतको बजारले आफनो गतिलाई त्यति बढाएको थिएन् । अझ भनौ आम मानिसहरुमा त गीतारको बारेमा त्यति ज्ञान पनि थिएन । खाली पूर्वीय संगीतमा बढि प्रयोग हुने गीतारलाई नेपालमा स्थापित गर्ने परम्पराको थालनी बिस्तारै हुँदै थियो । त्यही परम्परालाई पछ्याउँदै थिए गीतारिष्ट लामा ।
सांगितिक क्षेत्रको ट्रान्जिटमा लामाले विभिन्न भावभंगीहरुलाई पछ्याउँदै गए । त्यसबेलाका केही होटल र रेष्टुराँहरुमा आफनो अमिट प्रस्तुति दिएर एउटा गीतारिष्टको रुपमा आफनो पहिचानलाई केलाउँदै गएका लामाले अहिले भने गीतारको एक पात्रको भूमिकामा आफनोे पहिचान बनाई सकेका छन् ।
हरेक साँझ देखी हरेक दिन उनको लागि गीतार एउटा अनौठो अभ्यास बनिसकेको छ । बिश्व भूगोलमा रहेको संगीतको एउटा पाना अर्थात गीतारका नयाँ नयाँ अभ्यासहरु र आफनो बिगत सम्झँदा नौलो लागे पनि उनका हातका औैलाहरुले गीतारका स्ट्रिङलाई मर्झादा भने शरीरमा निकै फूर्ती आउने अनुभव उनले गरेका रहेछन् ।
एउटा अब्बल गीताररिष्टको रुपमा व्यस्त जीवन व्यतित गरीरहेका लामाले गीतार र यसमा भरिने संगीतलाई नजिकबाट बुझिरहेको बताए । गीतारको धुनमार्फत आफनो कलालाई शून्यबाट नियाल्न पाउँदा निकै खुशी महसुस गर्छन लामा । आफनो संगीतमय यात्रामा विशुद्ध तरिकाले लागिरहेका गीतारिष्ट लामा अहिले पनि आफूले सिकिरहेको बताउँछन् ।
हुन् पनि संगीत र कलाको कुनै मुकाम हुँदै भने झै अहिले लामाले यसलाई सिक्ने कला अर्थात अभिनय लिइरहेका रहेछन् ।
मनोरञ्जन मुखी बन्दै गएको यो संसारमा जति मनोरञ्जनको माग बढ्दो छ । मनोरञ्जनका विभिन्न आयामहरुले आ आफनो गतिलाई तिव्रता पनि दिईरहेका छन् ।
यही मनोरञ्जनको आयाम भित्र आफूलाई सुपरहिट बनाईरहेको मनोरञ्जनको भरपर्दो साधन भनेको गीत संगीत अर्थात गीतार पनि एक हो त्यहि गीत संगीतलाई बोकेर हिँडिरहेका छन् लामा ।
गीत संगीतको मनोरञ्जनको संसार नै अलग छ । यो साधनको प्रयोग गर्न न कुनै मौसम चाहिन्छ न त कुनै साइत नै जुराउनु पर्छ । यसको प्रयोगको कुनै समय छैन् । मानिस खुशी भएपनि यसको प्रयोग गर्छ , दुखी भएपनि यसको प्रयोग गरे कै हुन्छ । गीतार कलाको एउटा बाटो यो पनि भन्छन् लामा ।
सुख दुखको असली साधन हो गीत संगीत । गीत संगीत विना अहिलेको संसार निरस सरह नै हो । हो यही मनोरञ्जनको संसारलाई कसरी चलाउने भन्ने निर्णय गर्ने व्यक्तिहरु अलग्गै हुन्छन् । त्यही अलग व्यक्ति मध्ये एक हुन् लामा ।
गीतलाई एउटा लयमा झार्नको लागि संगीतको आवश्यकता हुन्छ जसले गीतलाई मिठासमा उत्र्तान सहयोग गरिरहेको हुन्छ । यस्ता गीतहरु माथि संगीत भरेर पूर्णता दिन सक्ने अद्भुत कला भएका लामालाई गीत संगीतको रंगीन संसारमा प्रवेश गर्र्नको लागि कुनै रोकटोक भएको रहेनछ ।
विभिन्न कार्यक्रमहरुमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नको लागि उनको गीतारकलाले निकै सघाएको रहेछ । साथै एउटा गीतारिष्टको रुपमा आफूलाई प्रस्तुत गर्न पाउँदा उनि निकै उत्साहित छन् ।
नेपालका जानेमाने पव हाउस, लञ्ज देखी ठूला रेष्टुराँहरुले लामाको गीतारकलालाई राम्ररी बुझेका छन् । उनको यही कलाले उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न कन्सर्ट तथा टूरहरुमा तान्ने गरेको छ । चाइ वेस्टर्न स्टाइल र इस्टर्न फ्युजन म्यूजिकका उनी ज्ञाता नै हुन् ।
संगीतका कारण युरोपका बिभिन्न देशहरु देखी हङकङ, भारत सम्म आफनो मिठो प्रस्तुति पस्कि सकेका लामाको छिट्टै नै इन्स्ट्रुमेन्टल एल्बम पनि बजारमा आउँदै छ । आफना अतितलाई केल्याउँदै लामा भन्छन् , अब दैनिकी भनेको गीतार नै हो । यसमा भरिने संगीतलाई अझ आधुनिक र प्रविधिमय ढंगले पस्किने सोच छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments