जसपा निकट कानुन व्यवसायीको मुख्य घटक सङ्गठनको राष्ट्रिय सम्मेलन हुँदै

- असार २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउनमा हुनेभएको छ । एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ ।

सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानीलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको संघीय कानुन व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दीपक राईले जानकारी दिए ।

सम्मेलनलाई जनता समावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गर्ने निर्णय भइसकेको उहाँले जानकारी दिनुभयो । कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासङ्घ अन्तर्गतको मुख्य घटक सङ्गठनका रुपमा सक्रिय छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर