कृषि/ बिचार : आधिुनिकीकरणका नाममा नेपालले रासायनिक मल र विषादीको भुमिका लाई सर्वाधिक महत्व दियो
- असार २८, २०८० मा प्रकाशित
गणेश पराजुली ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड भनेको कृषि नै हो । राज्यका वहुसंख्यक जनता यही क्षेत्रमा आश्रित छन् । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको कूल योगदान २६.५० प्रतिशत रहेको छ । कृषि क्षेत्रको दीगो विकास विना मुलकको समग्र समुन्नती सम्भव छैन । यस अर्थमा दीगो आफैमा धानिन सकिने कृषिविकासका लागि हाम्रा प्रयासहरु कृषि उत्पादनमा वृद्धि,सहस्राब्दी विकास लक्ष्यहरुको प्राप्ति र जलवायु परिवर्तन जन्य असरहरुको न्यूनीकरणमा केन्द्रीत हुनु आवश्यक रहेकामा जवर्जस्त उत्पादन बढाउने नाममा नेपालले लामो समयदेखि प्रोत्साहित गरिरहेको बर्तमान कृषि प्रणाली अन्ततः समस्या श्रृजनामा केन्द्रीत पाइएको छ ।
परम्परागत अथवा जैवीक खेतीप्रणालीई कम महत्व दिई रासायनिक मल तथा विषादी उपयोगलाई आत्मसाथ गरिएको हाम्रो कृषि नीति तत्कालीन रुपमा विषाक्त खाद्य तथा तरकारी उत्पादन वढाउन केही सहयोगी देखिएतापनि अन्ततः माटोको उर्वराशक्ति बढाउदै पर्यावरणीय सन्तुलन कायम राखी स्वच्छ खाद्यान्न उत्पादनमा यो पूर्णतःअसफल सिद्ध भएको छ ।
विगतका केही दशकअघि सम्म नेपाल खाद्यान्न निर्यातक राष्ट्रको रुपमा रहयो । तर, अवलम्वन गरिएको गलत कृषि प्रणालीका साथै निरन्तर उच्च गतिमा वढ्दो जनसंख्याको कारणले यो अवस्था लामो समयसम्म रहन सकेन । उत्पादित खाद्यान्न वढ्दो जनसंख्याको अनुपातमा न्यून रहन पुग्यो । यस अवस्थामा श्रोत साधनको अधिकाधिक उपयोगलाई नै निर्विकल्प ठानी अपरिपुर्त खाद्यसंकटलाई सम्वोधन गर्न नेपालले कृषि क्षेत्रमा आधुनिकीकरण भित्रायो । कृषिको आधिुनिकीकरणका नाममा नेपालले रासायनिक मल र विषादीको भुमिका लाई सर्वाधिक महत्व दिई प्रवद्र्धन ग¥यो जो जनस्वास्थ्यका साथै पर्यावरणीय विनासको कारण वन्यो । खासगरी रासायनिक मल तथा विषादीको जर्वजस्त उपयोग, प्रयोगको तौर तरिका र म्याद सकिएका विषादीहरुको भण्डारण तथा खुला विसर्जन नेपालको वातावरणीय समस्याकै रुपमा रहन पुगे ।
नेपालमा वर्षेनी साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ। त्यसरी भित्रिने १७० प्रकारका विषादीहरू मध्ये दुई तिहाइभन्दा बढी तरकारीमा प्रयोग हुने गरेका छन्। विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्रविधी छ । रोग र किराहरू जाँच्ने क्वारेन्टाइन सबै सीमा नाकामा भएपनि विषादी जाँच्ने काम सूक्ष्म ढङ्गले गर्नुपर्ने हुँदा त्यसमा समस्या भएको सरकारी अधिकारीहरूको भनाइ छ। स्वदेश भित्रिने सवै रासायनिक मलहरु प्रयोगमा आउने गरेका भएतापनि विषादीहरु को अवस्था यो भन्दा भिन्न छ ।
आयत गरिएका विषादीहरुको ठूलो हिस्सा प्रयोगमा नआउने भएकाले म्याद सकिएका घातक विषादीहरु नेपालमा प्रत्येक वर्ष थुप्रिदै वातावरणीय समस्या वन्ने गरेका छनु । यसले नेपालको पर्यावरणमा संकट उत्पन्न गराएका छन् । विषादी तथा रासाइनिक मल नेपालको पर्यावरणीय प्रतिकूलताका कारक बनेतापनि नेपालले विगत लामो समयदेखि केवल कृषि उत्पादकत्व वढाउने नाममा यसकोे उपयोगलाई नीतिकै रुपमा प्रोत्साहित ग¥यो । रासायनिक मलमा प्रत्येक वर्ष अरवौ रकम अनुदान दिने व्यवस्था ग¥यो । यसरी वर्षेनी ठूलो धनराशी सरकारले अनुदानका नाममा खर्च गर्ने गरेता पनि लगानीको अनुपातमा त्यसले उत्पादकत्व मा उल्लेख्य सुधार ल्याउनु त कता हो कता यसले खाद्य स्वच्छतामा समेत असर पारी वातावरणीय प्रतिकूलता बढाउन पुग्यो ।
तरकारी र फलफूलमा प्रयोग गरिने जीवनाशक विषादीको मात्रा निर्धारत भएतापनि स्वदेशमा उत्पादन हुने तथा भारतबाट आयात गरिने फलफूल र तरकारीको विषादी जाँच गर्ने पूर्वाधार सरकारसँग छैन । आँप तथा केरा पकाउने र गोलभेँडा रातो बनाउने क्याल्सियम कार्बाइडजस्ता विषादी प्रतिबन्धित भएता पनि भारतसँगको खुला सीमानाका कारण त्यस्ता विषादीहरु नेपाली वजारमा छ्याप्छ्याप्ती पाइने र यसको उपयोग वढ्दो आवस्थामा रहेको छ ।
अक्सिटोसिनजस्ता विषादी नेपालभित्र तरकारीको आकार बढाउन व्यापक रुपमा प्रयोग गरिदै आइएका कारणजनस्वास्थ्यमा गम्भीर असर पुगेको छ । विषादीको जथाभावी प्रयोगका कारण सागपात, अन्नबाली एवं गाईवस्तुको दूधमा समेत यसका अवशेषहरू पाइन थालेको अध्ययनहरूले देखाएका छन् । रासायनिक मल र विषादीमा प्रत्यक्ष रुपमा रसायनको प्रयोग भएको हुँदा यी रसायनहरु मूलतः नाक, कान, मुख, ऑखा र छालाजस्ता संवेदनशील अंगहरूबाट मानव शरीरमा प्रवेश गरी यसले मानिसको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ ।
जसका कारण मानिसको सोचन शक्तिमा ह्रास आउने, स्वासप्रश्वास सम्वन्धी रोग लाग्ने, नपुंशकता वढाउने, स्नायु प्रणालीमा असर गर्ने, आँखासम्बन्धी रोगहरू देखापर्ने, कम उमेरमा कपाल फुल्ने,, बढी थकित तुल्याउनेका साथै छालासम्बन्धी रोगहरू देखापर्ने हुन्छन् । विषादीका कारण अल्सर, क्यान्सर र क्षयरोग जस्ता दीर्धरोगको सम्भावना वढी हुनाले अन्त्यमा मानिसको मृत्युसमेत हुने गरेको छ ।
यस्ता विषादीले वयस्कहरुलाई भन्दा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने वुढावुढी र वालवालिकाहरुलाई वढि प्रभावित गर्ने गरेको अध्ययनहरुले देखाएका छन् । एक तथ्यांकअनुसार बिश्वमा वर्षेनि ५० हजारभन्दा बढी मानिसहरू विषादीका कारण मर्ने गरेका छन् । यस्तो अवस्थामा विषाक्त खेती प्रणालीलाई विस्थापित गरी जैविक प्रविधिका साथ स्वच्छ उत्पादकत्व वढाउने तर्फ हाम्रा प्रयासहरु अग्रसर हुनु जरुरी छ । यसका लागि जैविक खेती प्रणाली का साथै एकीकृत शत्रु जीव व्यवस्थापन हाम्रो सन्दर्भमा एक उपयुक्त विकल्प हुन सक्छ ।
एकीकृत शत्रुजीव व्यवस्थापन वाली विरुवाका शत्रुहरु रोग, कीरा, झारपात,चरा, मुसा आदीलाई नष्ट गर्दै मीत्रजीव भ्यागुता, पुतली, मौरीलगायत लाई संरक्षण गरी आर्थिक रुपले न्यायोचीत एवं पर्यावरणीय दृष्टिले दीगो रुपमा वाली संरक्षण गर्ने एक विधि हो । यसमा प्रयोग गरिएका एक भन्दा वढी विधिहरुले मूलत विषादीका साथै रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दछ ।
रासायनिक मल तथा विषादी विष नै हो यसलाई औषधिको रूपमा कदापी ग्रहण गर्न सकिंदैन । रासायनिक मल तथा विषादीका लेवुलमा दिइएका निर्देशनहरूलाई लाई सावधानी तथा वुद्धिमतापूर्वक अनुशरण गरिएमा मात्र पनि पर्यावरणमा पर्न सक्ने प्रदूषणलाई केही घटाउन सकिन्थ्यो तर यसको जथाभावी प्रयोगले हानिकारक कीटपतंग र झारपातहरूमात्र नष्ट भएनन् यसले हाम्रा लागि उपयोगी गड्यौला, मौरी, रेशम, पुतली, भ्यागुता, बारुला र माकुरासमेत मर्न गए । यसले तत्कालीन रुपमा विषाक्त कृषि उत्पादकत्व वढाएको जस्तो देखिएता पनि अन्तत यसले कृषकहरुलाई लाभ भन्दा पनि हानी नै पु¥यायो ।
मूलतः माटोको उर्वराशक्तिमा यसले गम्भीर हस ल्यायो । अझ भनौ यो माटो माथीको निर्मम प्रहार नै थियो । हामी कहाँ‘ पनि रासायनिक मल तथा विषादीको विकल्पमा प्रयोग हुन सक्ने जैविक एवं परम्परागत तौरतरिकाहरू प्रशस्तै छन् । त्यस्ता तरिकाहरूमा रासायनिक मलको सट्टा जैवीक मल र विषादीको विकल्पमा वर्तमान कृषि प्रणालीमा स्थानीय स्तरमा उपलब्ध निम, बोझो, टिम्बुर,ज्वानु, तितेपाती, तोरीको तेल, काठको धुलो, गहुँत, सावुनपानी र सुर्तिको झोल आदिको प्रयोग विशेष उल्लेखनीय छन् ।
यसका लागि कृषकहरूमा यस्ता जैविक मल निर्माण का साथै जैबिक कीटनाशक औषधिहरूको उपयोग गर्ने तौरतरिका र प्रभावकारिताका बारेमा ज्ञान अभिवृद्धि गर्नु जरुरी छ । जसले रासायनिक मल तथा विषादीका लागि मुलुकले वर्षेनी खर्चिंदै आएको विदेशी मुद्राको ठूलो हिस्सालाई विस्थापित गरी दीगो कृषि विकासका लागि वातावरण मैत्री स्वच्छ उत्पादनमा अनुकूल प्रभाव पार्ने निश्चित देखिन्छ
।
लेखक वातावरण पत्रकार हुन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments