•  २५ पुष २०८१, बिहीबार

मौसम जानकारी : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

- असार २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा पनि भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावनाछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर