घण्टी र लौरो छापहरुले चलाएको हल्लालाई अबको तिन वर्षमा कांग्रेसले मत्थर पार्ने छ : महामन्त्री थापा
- असार २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसलाई अहिले पनि केही भएको छैन, कांग्रेस नेपाली जनको मन मुटुमा छ । घण्टी, लौरो लगायतका केही नयाँ जोगीहरुले जसरी कांंग्रेस बिरुद्ध जन–मानस उचाल्ने कार्य गरिरहेका छन् त्यस्ता दिवास्वपनका कुरा सँग कांग्रेस कहिले पनि डराउँदैन् किनभने कांग्रेस भनेको जनताको दल हो भन्दै थिए, नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व मन्त्री गगनकुमार थापाले ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर २ प्रदेश सभा (क) को क्षेत्रीय सम्मेलनको समुद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले भने कांग्रेसको अबको पदचाप भनेको रुपान्तरण नै हो ।
मुख्यत अहिले रुपान्तरणको बिषयलाई लिएर कांग्रेस भित्र व्यापक कुरा उठिरहेको अवस्थामा महामन्त्री थापाबाट आएको धारणाले मूर्त रुप पाउने आशा कांग्रेसीहरुमा जागेको छ । कार्यक्रममा महामन्त्री थापाले भने, कांग्रेसको शुद्धिकरण भनेको तल्लो तहको देखीको हो । यदि तल्लो तहमा माथिल्लो तहको नेतृत्वको मनोपली नचल्ने हो र कांग्रेसको तल्लो तहलाई निर्वाध रुपमा स्वतन्त्र रुपमा चल्न दिने हो भने कांग्रेसलाई २०८४ देखी डराउनु पर्दैन् ।
घण्टी र लौरो छापहरुले चलाएको हल्लालाई अबको तिन वर्षमा कांग्रेसले मत्थर पार्ने पनि उनले बताए । जसका लागि कांग्रेसले आफनो सत्ता राजनीतिलाई आफनै नेतृत्वमा सञ्चालन गर्नु पर्ने आवश्यकता भएको महामन्त्री थापाले औल्याए ।
क्षेत्र नम्वर २ प्रदेश सभा (क) कांग्रेसको आयोजनामा गरिएको उक्त कार्यक्रममा कांग्रेसकी केन्द्रिय सदस्य एवं महिला नेतृ प्रतिमा गौतमले कांग्रेसमा रुपान्तरणको आवश्यकतालाई औल्याउँदै हरेक कुरामा महिलालाई पछाडि पार्ने गरेकोमा दुखेसो पोखीन भने । प्रदेश सभासद सुना परियार कर्णले दलीत कोटाको बारेमा आवाज उठाइन ।
कार्यक्रममा बागमती प्रदेश कांग्रेसका सभापति एवं सभासद् इन्द्र बहादुर बानियाँले कांग्रेसमा अहिले जे भयो त्यो सबैलाई बिर्सेर अब नयाँ सिराबाट जानुपर्नेमा जोड दिँदै, उनले पनि रुपान्तरणको अवधारणालाई अगाडी सारेका थिए ।
काठमाडौं क्षेत्र नम्वर २ का नेता एवं पूर्व संविधान सभा सदस्य दिपक प्रसाद कुँइकेलले भने कांग्रेस नेतृत्वले देखाएको विभेदको खुलेर बिरोध गरेका थिए । उनले कांग्रेसमा देखीएको चरम गुटबन्दीको प्रार्दुभावले कांग्रेसलाई क्षीण बनाउदै लगेको धारणा पोख्दै यसको निर्मुलीकरणमा केन्द्रिय नेतृत्वको ध्यान आवश्यक भै सकेको बताए ।
कार्यक्रमका अर्का वक्ता काठमाडौं कांग्रेसका नेता लोकेश ढकालले अहिले कांग्रेसले बिपी, गणेशमान, कृष्ण प्रसाद जस्ता नेताहरुको देनलाई भुलेको भन्द,ै कांग्रेसमा व्यापक परिवर्तनको खाँचो भएको धारणा राखेका थिए भने उनले कांग्रेसको मुख्य नेतृत्वको कारण कांग्रेस केही धुमिल स्थितीमा पुग्न थालेको पनि बताए ।
त्यस्तै कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य हरिशरण नेपालीले आफनो धारणा राख्ने क्रममा कांग्रेसले अब आफनो कार्य नितिमा परिवर्तन गरेर कसरी रुपान्तरित हुने भन्ने कुरा सोच्नु पर्ने अवस्था आएको बताउँदै कांंग्रेसमा देखीएको गुट प्रथा हटाउनु पर्नेमा जोड दिएका थिए ।
माथिल्लो नेतृत्वले गरेको गल्तीको जिम्मेवारी तल्लो तहले कसरी लिने भन्ने प्रश्न राख्दै काठमाडौं क्षेत्र नम्वर २ कांग्रेसका सभापति कविर शर्माले भने सबै कुराको दोष आफूहरुलाई दिँदै बाहिर आएको टिप्पणी प्रति रोष प्रकट गरे । बोल्ने क्रममा सभापति शर्माले भने कांग्रेस भनेको एकताको सुत्र हो त्यसैले यो एकताको सुत्रलाई टुटाउने प्रयास कहीं कतै बाट पनि नहोस् । भन्दै शर्माले भने यदी हामी टुट्यौ भने त्यसको फाइदा घण्टी र लौरो जस्ता नयाँ जोगीहरुले लिनेछन् ।
कार्यक्रमको सभापति समेत रहेका काठमाडौं क्षेत्र नम्वर २ प्रदेश सभा (क) का सभापति धुव्र के.सी (पेन्टल)ले कांग्रेसमा सामूहिक यात्राको कमि भएको औल्याउँदै भने यदि हामी पछाडी छौ भने हाम्रै कारणले छौ । सामूहिक एकताको अवधारणालाई अगाडी सार्दै जानुपर्ने दिन अब आईसकेको भन्दै उनले कांग्रेसमा जकडिएको गुटबन्दी तोड्नु पर्ने बताए ।
कार्यक्रममा कांग्रेसका क्षेत्रीय युवा नेतृत्व मनिष कोइराला, तरुण दलका केन्द्रिय सदस्य पुरुषोतम चौलागाई, नेपाली कांग्रेस काठमाडौं २ नम्वर क्षेत्रका पूर्व क्षेत्रीय सचिव बसन्त घिमिरे लगायत कांग्रेस कार्यकर्ताहरुको उल्लेखिय उपस्थिती थियो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तब्य काठमाडौं क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उपसभापति प्रमोद सञ्जेलले दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments