•  २५ पुष २०८१, बिहीबार

सन्दर्भ भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण

- असार २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा. दयाराम श्रेष्ठ र डा. राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।

दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित समारोहमा उहाँहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो । डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा. विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त छन् ।

प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ । यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा. बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर