स्थानीय सरकारका अनौठा योजना : हल गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता
- असार २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
लमजुङ ।
लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
अगामी आर्थिक बर्ष २०८०र०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भत्ता वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याईएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्द आम्दानी पनि राम्रै हुन्छ ।
नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ । हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments