अभिनेता ताम्राकारको निधन बारे पूर्व मिस नेपालहरु मलिना र सृष्टिले गरे प्रश्न : प्रहरी भन्छ- अनुसन्धान हुँदै छ
- असार ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतको बलिवुडमा प्राय देखीने अभिनेता र अभिनेत्रीहरुको आत्मा हत्याको गाँठोले अहिले नेपाललाई छुन थालेको छ । बलिवुडमा हुने गुमनाम मृत्यु बारे प्रहरी खासै चासो राख्ने गरेको पाइदैन् । तर नेपालमा भने अवस्था त्यस्तो छैन् ।
नेपालमा भने प्रहरीले घटनाको अनुसन्धान गरेर त्यसलाई फत्ते गर्ने गरेको पाइन्छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, अभिनेता सारुक ताम्राकारको मृत्युको बारेमा अहिले सम्म केही संकेत फेला परेको छैन् ।
उता सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै २०११ की मिस नेपाल मलिना जोशीले अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबार सोधकी छन्, ‘अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’ बिहीबार राति ११ बजे रातोपुलस्थित आफ्नै घरको भ¥याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई चोट पु¥याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।
अर्की पूर्वमिस नेपाल तथा अभिनेतृ सृष्टि श्रेष्ठले पनि इन्टाग्राममा ‘सत्य र न्यायको जीत हुनेछ’ भनेकी छन् । तर, प्रहरीका अनुसार हालसम्म उनले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, घटनास्थलबाट सुसाइड नोट वा उनको कुनै संकेत फेला परेको छैन ।
मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान समेत प्रहरी वृत्त, मालिगाउँले मात्रै गरिरहेको छ । यद्यपि, घटनाको कारण पत्ता लगाउन प्रहरीले ताम्राकारको मोबाइललाई डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ ।
डीएसएलबाट उनको मोबाइलमा भएको विवरण, कुराकानी लगायतका विवरण प्रहरीले प्राप्त गर्नेछ । ‘अहिलेलाई अरु कुनै कारण देखिएको छैन, मोबाइलबाट कारण पत्ता लाग्छ भन्ने अपेक्षा हो’, एसएसपी कार्कीले कासिन न्यूज सँग भने, ‘त्यसका लागि केही समय भने कुर्नुपर्छ ।’ अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments