प्राकृतिक विपत्ती : हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित
- असार ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
बैतडी ।
बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।
पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायतमा क्षति पुगेको छ । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट ढलेर नष्ट भएका छन् ।”
मुख्य खाद्य बालीका रूपमा रहेको मकै बालीमा हावाहुरीले क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका छन् । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेपछि किसान चिन्तित भएका हुन् । सुर्नयाका किसान केशव बोहराले भन्नुभयो, “घोगा लाग्ने बेलाका मकैमा क्षति पुगेको छ, यसले उत्पादन पनि कमी हुने देखिएको छ ।”
हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकै बालीमा व्यापक क्षति पुर्याउने गरेको छ । बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकै बालीमा क्षति हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments