•  २५ पुष २०८१, बिहीबार

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन परराष्ट्र मन्त्री साउद थाइल्याण्ड जाँदै

- असार ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

मन्त्री साउदसहितको टोली आइतबार दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछ ।

मन्त्री साउदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर