•  २६ पुष २०८१, शुक्रबार

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै श्रममन्त्रीलाई ज्ञापनपत्र

- श्रावण १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्रकुमार कुँवरको नेतृत्वमा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई भेटेर आकासिँदो महङ्गीका कारण श्रमिकको दैनिक जीवनयापनमा समस्या भएको भन्दै न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको हो ।

युनियनका केन्द्रीय महासचिव अजयकुमार राईले श्रमिकको जीवनयापन सहजताका लागि हाल दिइँदै आएको न्यूनतम पारिश्रमिक रु १५ हजारलाई बढाएर रु २५ हजार पु¥याउन मन्त्रीसमक्ष माग गरिएको जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसले अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौँ श्रमिकलाई बजार मूल्य वृद्धिको दाँजोमा अव्यावहारिक र अपुग पारिश्रमिक निर्धारणले उत्पादकत्व वृद्धि र देश समृद्ध बन्न नसक्ने बताएको छ ।

भेटमा श्रममन्त्री भण्डारीसमक्ष श्रम आयोग गठन गर्नुपर्ने, निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर्नुपर्ने, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर्नुपर्ने लगायतको माग गरिएको छ ।

भेटमा श्रममन्त्री भण्डारीले बजारभाउ र रोजगारदाताको अवस्था हेरेर न्यूनतम पारिश्रमिकलाई अगाडि बढाउने बताएका थिए । उनले आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक अगाडि बढाउनका लागि अगाडि बढ्ने स्पष्ट पारे । “श्रमिकले उठाएका मागलाई मेरो कार्यकालमा वैज्ञानिक ढङ्गले टुङ्ग्याउन लाग्नेछु”, उनले भने ।

नेपाल ट्रेड युनियन कांग्रेसले यही असार २७ गते ‘श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार निर्धारण गर’ ब्यहोराको एसएमएस प्रधानमन्त्री, श्रममन्त्री र सचिवलाई पठाएको थियो ।

यस्तै, असार २८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । असार २९ गते सातै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको महासचिव राईले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर