क्रिकेट प्रेमीको आँखामा : पुरानो ढर्रालाई त्यागेर आधुनिकीकरण र प्रविधिमय बनाउ बिजयी पथ आफै खुल्छ
- श्रावण १, २०८० मा प्रकाशित
नरेशसिंह धामी,
नेपाल खेलकूद त्यसमा पनि क्रिकेटको छुट्टै पहिचान छ क्रिकेट प्रेमीहरु बिच । देशका अधिकांस युवा देखी युवावस्था पार गरेकाहरुको खेलको सजिलो खुराका बनेको छ अहिले क्रिकेट । तर आम मानिसहरुको खेलको असली खुराक बनेको क्रिकेट आन्तरिक मनोदशा जहिले पुरानै ढर्रामा चलिरहेको क्रिकेटका बिश्लेषकहरु बताउँछन् ।
जसरी बिश्व परिवेशमा खेलकूदको आधुनिकीकरण र प्राविधिक बिषय बिकासका आयामहरु भरिदै छन् । त्यसको दाँजोमा नेपाली क्रिकेटले एक छेउ पनि ओगटेको पाइदैन ।
बिभिन्न टेक्निकल कुराहरुले गाँजेको क्रिकेटलाई खेल्ने खेलाउने पक्षमा नेपाली खेलकूदका पण्डित त्यति चासो राखेको पाइदैन । यसरी नेपाली क्रिकेटको प्राविधिक पक्षलाई बटुलेर हेर्ने यसको अवस्था निकै भाष्ट छ ।
जस्तै विदेशी भूमीमा देखीएको (भिन्न अवस्था), पेस बलिङ आक्रमण, छोटो /उछाल बल, आउट अफ फर्म ब्याट्सम्यान, हरेक क्षेत्रमा विशेष प्रशिक्षकको अभाव (विशेष गरि बलिङ, फिल्डिङ प्रशिक्षक), बेन्च खेलाडीमा अनुभवको कमी, उचित घरेलु संरचनाको अभाव (नयाँ प्रतिभा आउने बाटो बन्द), उचित क्यालेन्डर बनाएर वार्षिक रूपमा व्यस्त हुनेगरी प्रशिक्षण अभाव, खेलाडी घाईते भैराख्ने समस्या , टेस्ट राष्ट्रहरूसँग शृङ्खला होस्ट गर्नको लागि उचित पूर्वाधारको अभाव ।
नेपाली क्रिकेटरहरुले जहिले पनि अन्तर्राष्ट्रिय मैदानमा राम्रो लयमा देखिन्छन तर पनि अन्तिम समयमा उचित फल प्राप्त गर्न नसक्नु नेपाली क्रिकेटको उदास पक्ष हो ।
त्यसैले निष्कर्षमा भन्नुपर्दा – क्रिकेटमा अहिले पनि उचित व्यवस्थापन छैन (पर्याप्त कोर्ष छैन), कुनै ठूलो प्रायोजक छैन । छिमेकी मुलुक भारतले आफ्नो जर्सीमा देशको नामको सट्टा ड्रिम-११ लेखेको छ । जुनचाहिने भन्दा निकै धेरै प्रायोजक पाएर हो । हामीले पनि अब त्यो अवस्थामा पुग्नै पर्ने प्रेसर छ ।
विश्वकप छनौट होस वा अहिलेको एसिसि इमरजींग नै किन नहोस ठूलो चरणमा अपेक्षा अनुसारको प्रदर्शन आउन सकेन आएन । त्यसैले अब क्रिकेटको प्रमुख संस्था नेपाल क्रिकेट संघ क्यान लाई उठाउनु जरुरी भै सकेको छ । अर्को स्तरको लागि तयारी खेलाडीहरुको व्यक्तिगत प्रदर्शन र प्रयासहरूलाई समर्थन गरिराखौं दर्शकका नाताले ।अब आउँदो नेपाल र भारत ए टिम संगको खेलमा राम्रो प्रदर्शनको आशा गरौं ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments