बिचार : कांग्रेसमा रुपातन्तरणको आवाज – सभापति देउवा र महामन्त्री थापा बिचको लडाँईले पुरा होला
- श्रावण १, २०८० मा प्रकाशित
सुधीर नेपाल ,
सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका युवा पुस्ताका मनमा बस्न सफल महामन्त्री गगनकुमार थापा बिच कांग्रेसको रुपान्तरणको बिषयमा व्यापक र चर्को बहस चल्न थालेको छ ।
कांग्रेसका एक पक्षीय कार्यकर्ता देखी नेताहरु सम्म अहिले रुपान्तरणको बिषयलाई सतहमा ल्याएर बहस गर्नु पर्ने भन्न थालेका छन् । जुन बहसको नेतृत्व अहिले महामन्त्री थापाले गरिरहेका छन् । गत शुक्रबार काठमाडौं क्षेत्र नम्वर २ प्रदेश (क) को कार्यक्रममा खुलेर नै रुपान्तरणको बिषयमा आवाज उठाएका महामन्त्री थापाले भने कांग्रेसको अबको पदचाप भनेको रुपान्तरण नै हो ।
मुख्यत अहिले रुपान्तरणको बिषयलाई लिएर कांग्रेस भित्र व्यापक कुरा उठिरहेको अवस्थामा महामन्त्री थापाबाट आएको धारणाले मूर्त रुप पाउने आशा कांग्रेसीहरुमा जागेको छ । कार्यक्रममा महामन्त्री थापाले भने, कांग्रेसको शुद्धिकरण भनेको तल्लो तहको देखीको हो । यदि तल्लो तहमा माथिल्लो तहको नेतृत्वको मनोपली नचल्ने हो र कांग्रेसको तल्लो तहलाई निर्वाध रुपमा स्वतन्त्र रुपमा चल्न दिने हो भने कांग्रेसलाई २०८४ देखी डराउनु पर्दैन् ।
उता महामन्त्री थापाले ल्याएको रुपान्तरणको आवेगलाई सभापति देउवाले जसरी भएपनि मत्थर गर्ने प्रयासमा लागेका छन् ।
कांग्रेसमा आएको रुपान्तरणको कारण राजनीतिक र पदीय स्वार्थमा अलमलिने बानी परेका सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार भएको छ । महामन्त्री थापाको मिसनलाई जसरी असफल बनाउने खेलोमा लागेका सभापति देउवाले अहिले विभिन्न राजनीतिक तानाबाना बुन्न थालेका छन् । अब हुने कांग्रेसको महाधिवेशन पछि स्वत बिदा हुन् लागेका सभापति देउवाले आफनो उत्तराधिकारीमा रुपमा अहिले कोइराला खानदानबाट राजनीति गरेका शेखर कोइरालालाई अघि सारेका छन् ।
अहिले कोइराला खुलेर सभापति देउवाको राजनीतिक सतहमा देखा नपरे पनि कांग्रेस कार्य समितिका भित्री स्रोत भने अहिले सभापति देउवाको राजनीति भनेको महामन्त्री थापाको रुपान्तरणकोे प्रस्तावलाई फेल खुवाउनु नै हो । जसका लागि सभापति देउवाले आफनो हतियारको रुपमा कोइरालालाई प्रयोग गर्ने लक्ष्य राखेको बताउँछ ।
गठबन्धनको बैसाखी टेकेर निर्वाचनमा होमिएका सभापति देउवाको मुख्य लक्ष्य भनेको पुन एकपटक प्रधानमन्त्री बन्ने मात्र हो अन्य केही होइन् । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ । त्यो स्वयं उनलाई थाहा छ ।
तर पारिवारीक मोह र चरम गुटबन्दीको पक्षपाती रहेका सभापति देउवाको लाजनितिले अहिले कांग्रेस जस्तो भिमकाय र पुरानो दलको लागि ठूलो भएर पनि सानो रोल प्ले गर्नु ठूलोे अभिषाप हो ।
सभापति देउवाले कांग्रेसमा अहिले जुन निरंकुसता लादेका छन् । त्यसको परिणामको लागि अब धेरै समय कुर्नु पर्ने छैन् । जुन परिणाम सभापति देउवा र उनका अनुयायीहरुका लागि फलामको चिउरा सावित हुने कुरामा पनि दुईमत छैन् ।
कांग्रेसलाई एकल र व्यक्तिगत संरचनाको आधारमा चलाउने नियतीमा लागेका सभापति देउवाको उमेरले जति जति डाँडो काट्दै छ । उनी भित्र पलाएको अलम्पच(लालची) पनाले देश र काँग्रेसलाई कता तर्फ मोडेको छ । यो सोच्ने फुर्सद सभापति देउवामा छैन् ।
श्रीमति आरजु राणा देउवा र छोरा जयबिरसिंहका लागि खुल्ला मैदानमा बिपरित ध्रुवका सारथीहरुलाई लिएर लम्किरहेका सभापति देउवाले निम्त्याएको यो राजनीतिक कलहको सिकार उनी आफै हुने लगभग पक्का छ । जसै सभापति देउवाले महामन्त्री थापाले ल्याउन लागेको रुपान्तरणको प्रस्तावलाई लत्याउने प्रयास गर्छन् । सभापति देउवा र कांग्रेसका लागि त्यो जत्तिको दुखद क्षण केही हुने छैन् ।
परिवर्तीत समाज, आधुनिक र प्रविधिमय बनेको अहिले अवस्थामा पार्टीलाई पुराने ढर्रामा हाँक्न खोज्नु भनेको सिधै समसानको टिकट काट्नु बराबर हो । किनभने अहिले राजनीतिको धरातलमा नयाँ नयाँ जोगीहरु जन्मिरहेका छन् । जसले पुराना दल र त्यसका नेताहरुलाई पार लगाउने खेलो चालिसकेका छन् । यो अवस्थामा सभापति देउवाले आफनो निति परिवर्तन नर्गने हो र कांग्रेसमा रुपातन्रणको प्रयोग नर्गने हो भने २०८४ मा कांग्रेसले भोग्नुपर्र्ने अवस्थाको बारे ज्ञात हुनु पनि जरुरी छ ।
हुन् पनि राज्यसत्ता बिना केही नहुने लक्षण पहिला देखी नै देखीएको हो सभापति देउवामा । सत्ता प्राप्तीको लागि जे पनि गर्न तयार हुने र सत्ता प्राप्त भएपछि त्यसलाई जोगाउन जे पनि गर्न पछि नपर्ने एक प्रकारको सोचका कारण अहिले सभापति देउवा जन नजरबाट दिन प्रति दिन झर्दै छन् । कांग्रेसका सभापति देउवाको अहमताको सिकार अब आम काँग्रेस हुनु पर्ने दिन धेरै टाढा छैन् । भलै उनको यो कार्यशैलीले उनलाई क्षणिक फाइदा भएपनि अन्नतमा यसको परिणामा भोग्ने भनेको कांग्रेसले नै हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments