•  ११ पुष २०८१, बिहीबार

फुटबल स्टार मेस्सी : अमेरिकाको इन्टर मायमीले हजारौं समर्थकका बीच भव्य स्वागत गर्यो

- श्रावण १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अर्जेन्टिनाका कप्तान फुटबल स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ ।
बार्सिलोनामा लामो खेल जीवन बिताएका मेस्सी पछिल्लो दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहेका थिए । गत वर्ष अर्जेन्टिनाका लागि विश्व कप जितेका मेस्सीलाई इन्टर मायमीले आइतबार हजारौं समर्थकका बीच स्वागत गरेको थियो ।
मेस्सीको आबद्धता मेजर सकर लिगको एतिहहासमा सबैभन्दा ठूलो सरुवाका रुपमा लिइएको छ । डिआरभी पिएनके रंगशालामा समर्थकहरुलाई सम्बोधन गर्दै मेसीले आफू कति खुसी रहेको र सुरुवातका लागि व्यग्र रहेको बताएका थिए ।
‘यो स्वागतका लागि यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहान्छु । यहाँ आएदेखि नै मैले स्नेह पाएको छु । म तपाईहरुसँग हुँदा उत्साहित छु,’ उनले भने, ‘म जोसे मास, जार्ज मास र डेभिड बेकह्यामलाई धन्यवाद दिन चाहान्छु । जसका कारण यो प्रक्रिया सहज भयो र मलाई घर आएको अनुभुती भएको छ । म अभ्यास सुरु गर्न चाहान्छु । खेल्न, जित्न र टोलीलाई अघि बढाउन चाहान्छु ।’

पिएसजीमा रहँदा उनले युरोपियन च्याम्पियन्स लिग जित्न भने सकेनन् । बार्सिलोनामा उनले चार पटक त्यो सफलता हासिल गरिसकेका थिए । पिएसजीको सम्झौता टुंगिएपछि उनी साउदी अरेबिया वा बार्सिलोनानै फर्कने भन्ने चर्चा पनि चलेको थियो । तर, ३६ वर्षे सुपर स्टारले एमएलएसको चुनौती स्वीकार गर्ने निर्णय गरे ।

१० पटक ला लिगा उपाधि जितेका मेस्सी एमएलएसका मार्की खेलाडीका रुपमा रहेका छन् । मेस्सीले आउने दिनमा पनि समर्थकको साथ रहने विश्वास व्यक्त गरे । ‘प्रतियोगितामा पनि समर्थकहरुको साथ यसै रहने विश्वास छ,’ उनले भने, ‘मलाई विश्वास छ क्लबका सहकर्मीले आफ्नोतर्फबाट क्लबको योजना पूरा गर्नका लागि शतप्रतिशत दिनेछन् । म यो सहर चुनेकोमा खुसी छु । मलाई पूरा विश्वास छ हामी यहाँ राम्रो समय बित्नेछ ।’
मायमीले मेस्सीका बर्सिलोना सहकर्मी सर्जियो बुस्केट्सलाई पनि सोही समारोहमा सार्वजनिक गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर