पशुपतिनाथको नामले परिचित अर्जुनधारामा मन्दिरमा ५० हजार बढीले गरे जलार्पण
- श्रावण २, २०८० मा प्रकाशित
कासिन न्यूज,
जलेश्वरधाम ।
पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार ५० हजार बढीले जलार्पण गरेका छन् ।
बिहान ४ बजेदेखि मन्दिरमा भक्तजनले जलार्पण सुरु गरेका थिए । जलार्पण कार्यक्रमसँगै रुद्राभिषेक, भक्तजनको लागि परिक्रममा मार्गको व्यवस्थापन, सुरक्षाको व्यवस्थापनलाई मजबुत बनाइएको थियो । जलार्पणका लागि आउने भक्तजनको लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा पानी, सर्बत, सातु, प्रसाद आदिको व्यवस्थापन गरिएको अर्जुनधारा धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।
उनले साउन २ गतेदेखि एक महिनासम्म मन्दिरमा दैनिक ११ बजेदेखि १ बजेसम्म पुरुषोत्तम महात्मे कथा प्रवचन हुने बताए । मन्दिरमा भक्तजनको भीड लागेपछि त्यसलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । विशेष गरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयमा भेला भएका छन् ।
जिल्लाका डेढ दर्जन बढी शिवालय मन्दिरमा आज बिहानैदेखि जल चढाउने भक्तजनको घुइँचो लागेको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारको रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास पनि गरिन्छ । जसका कारण शिवालयमा भगवान शिवको पूरा आराधाना गर्नेको भीड लागेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments