खेल /भलिवल : नयाँ कप्तानको रुपमा मानबहादुरको इन – हरिहजुर आउट
- श्रावण २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि नेपाल भलिवल संघले हरिहजुर थापालाई कप्तानबाट पद फिर्ता बोलाउने निर्णय लिएको थियो । शनिबार गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तानको रुपमा स्पाइकर मानबहादुर श्रेष्ठलाई चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।
मानबहादुरले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र जिम्मेवारी थपिएको महसुस गरेको बताउँदै उनले भने ,‘जिम्मेवारी थपिएको महसुस गरेको छु । एसियाली खेलकुदमा कप्तानी गर्ने जिम्मेवारी संघले दिएकोमा गौरव महसुस गरेको छु । अब आफ्नो अनुभव साटेर टोलीसँग रहेर खेल्नेछौं ।
नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेल्न लागेको हो । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए । नेपालले सेप्टेम्बरमा चीनमा हुने एसियाली खेलकुदका लागि अब तयारी थाल्नेछ । ‘गत संस्करण हामी १६ औं स्थानमा आएका थियौं । यसपटक अझ त्यसलाई सुधार गर्ने प्रयास गर्नेछौं । एसियाली खेलकुदको अनुभवले त्यसपछि आउने प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग हुनेछ,’ श्रेष्ठले भने ।
सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए । त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो । सन् २०१९ मा नेपालमै सम्पन्न सेन्ट्रल जोनमा बाहेक उनी राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका छन् ।
मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए । मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments