९ किलो सुन काण्ड : भंसारमा संसार देख्ने प्रवृति > सुकुटे बिचको पार्टी देखी जमीन खरिदले निम्त्याएको आपत
- श्रावण २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भंसारमा जो पर्यो त्यसले संसार देख्यो भन्ने एउटा भनाई नै छ । त्यहि भनाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुले लागू गरिरहेका हुन्छ । केही दिन अघि भन्सार कार्यालयबाट गायब भएको ९ किलो सुन काण्डमा पक्राउ परेका ५ जनालाई अहिले जेल चलान गरिएको छ ।
फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते चिनियाँ नागरिक लि हासोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा सुटकेसभित्र इलेक्ट्रिक सिगरेट (भेप्स) जस्तो देखिने वस्तु भेटिएपछि शंकास्पद भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। भन्सारका नासु रेवन्त खड्काले सुटकेशभित्र भेप्सको रुपमा ९ किलो सुन भएको जानकारी पाएपछि सुन चोरी गरेर बेचेको पाइएको थियो।
सुटकेस राखिएको कोठामा सीसीटीभीबाट निगरानी हुने भएकाले अर्को कोठामा सारेर डिस्पोज गर्नुपर्ने सामान भन्दै भेप्स परिवर्तन गरेर ९ किलो सुन गायब पारिएको थियो। भेप्स परिवर्तन भएको थाहा पाएपछि भन्सार कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो।
काम फत्ते भएपछि ४ लाख खर्चेर सुकुटे बिचमा पार्टी गर्ने देखी आफन्तका नाममा जग्गा–जमिन समेत खरिद गरिएको पाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ६ जना मध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउनले आदेश दिएको छ ।
यसरी कारागार चलान हुनेहरुमा नेपाल सरकारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले र पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विक छन्।
पक्राउ परेका अर्का व्यक्ति सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्कीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ। सम्पत्ति जफत गर्ने प्रयोजनका लागि भनेर उनलाई पनि प्रतिवादी बनाइएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments