कांग्रेस बैठक : काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी – प्रमुख सचेतक लेखक
- श्रावण २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मंगलबार सुरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको आरोप लगाएका छन् ।
कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।
केन्द्रीय कार्यसमिति बैठकमा लेखकले भने, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्न सक्ने बताए ।
लेखकले पोहोर मंसिरको चुनावमा कांग्रेसलाई पहिलो बनाएको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए । नेतृत्वले कुशलतापूर्वक एमाले–माओवादी गठबन्धनलाई विस्थापित गरेको अर्थ लगाउँदै लेखकले पहिलो दल भएको हुनाले सत्ता गठबन्धनमा हुनु स्वभाविक भएको बताए ।
उनले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेसकै भएको बताए । लेखकले भने, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।’
लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्न सक्ने बताए । लेखकले पोहोर मंसिरको चुनावमा कांग्रेसलाई पहिलो बनाएको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए । नेतृत्वले कुशलतापूर्वक एमाले–माओवादी गठबन्धनलाई विस्थापित गरेको अर्थ लगाउँदै लेखकले पहिलो दल भएको हुनाले सत्ता गठबन्धनमा हुनु स्वभाविक भएको बताए । उनले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेसकै भएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments