भदौ ७ यस वर्षको दूर्वाष्टमी र गौरा पर्व
- श्रावण २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।
दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।
दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा यस समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिबाट निर्णय गरिएका चाडपर्व समावेस गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।
उक्त पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचारविमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments