सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै, सदस्यहरूले धारणा राख्ने
- श्रावण ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बाट सुरु हुनेछ ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबारबाट सुरु बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आआफनो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ ।
मंगलबारको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।
यस्तै थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments