भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउन महानगरपालिकालाई उच्च अदालत पाटनको आदेश
- श्रावण ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएको थियो । बाँकी संरचना पनि भत्काइने महानगरले जनाएको छ ।
महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनले निवेदन दायर गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments