स्थानीय तहमै पुगेर कर शिक्षा
- श्रावण ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
मुगु ।
जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले जुम्लासहित कालीकोट र मुगुका स्थानीय तहमा पुगेर करदाता शिक्षा दिन थालेको छ । कार्यालयले कालीकोट, मुगुलगायत जुम्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र लासी बजारमा पुगेर करदाता शिक्षा दिन थालेको हो ।
जिल्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकामा उद्योग उपभोक्ताहित संरक्षण कार्यालयसँग समन्वय गरी संयुक्तरुपमा यहाँका स्थानीय बजारमा पुगेर कर शिक्षा दिनुका साथै बजार अनुगमनसमेत गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।
“सरकारको राजस्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन, समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको हो”, उनले भने, “पातारासी गाउँपालिकाको लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदातासम्बन्धी शिक्षा तथा जनचेतना दिइएका छौँ ।” व्यवसाय गर्ने सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोधसमेत गरिएको सूचना अधिकारी उपाध्यायाले बताए ।
यहाँ सञ्चालित पसल र होटलमा पान नम्बर अनिवार्य टाँस्नु पर्ने भनी सात दिने समय अवधि दिइएको छ । करमा दर्ता नभएका व्यवसाय अवैध हुने भएकाले प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचना अधिकारी उपाध्यायको भनाइ छ । पान नम्बर वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका बारेमा व्यावसायिकलाई जानकारी गरिएको उनले बताए । उनका अनुसार राज्यलाई तिर्नुपर्ने कर तीर्ने व्यक्ति सचेत नागरिक हुन् ।
खाली बिल दिएमा जथाभावी बिलको दुरुपयोग हुने भएकाले व्यापारीलाई सचेत गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जिल्लास्थित उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्यवस्तु नष्ट गरिएको जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र जुम्लालगायत कालिकोट र मुगुसमेत रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments