सुन तस्करी प्रकरण : लाजिम्पाटमा भारतीय नागरिकको फ्ल्याट र बालुवाटारमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा छापा
- श्रावण ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ ।
यो फ्ल्याटमा तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका थिए । विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो ।
विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ ।
बिहीबार राति उनको फ्ल्याटमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको विभागले बताएको छ । यसअघि बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि विभागले छापा मारेको थियो । त्यसक्रममा ५र६ वटा पोका फेला परेको छ । ती सामग्री र कोठालाई विभागले शिल गरेर थप अनुसन्धान गरिरहेको छ ।
मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप तीन जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ९ पुगेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments