•  २६ पुष २०८१, शुक्रबार

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने अन्तिम दिन

- श्रावण ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद शुक्रबार सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते (शुक्रबार) सम्म आवेदन दिन आग्रह गरेको थियो ।

पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

गत चैत १७ गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ । परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउँछन् ।

एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर