राष्ट्रपति पौडेलको स्वास्थ्य : हाइप्रोफाइलको स्वास्थ्य स्थिती बारे खुल्न चाहदैन राष्ट्रपति कार्यालय

- श्रावण ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मुटुमा समस्या देखीएपछि केही दिन देखी अस्वस्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्थिती जटिल रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । राष्ट्रपति पौडेल लाई उपचारका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा केही समय पहिला भर्ना गरिएको थियो ।
बाहिर राष्ट्रपतिको स्वास्थ्य सामान्य भएको जानकारी दिए पनि कार्यालय स्रोतले हाइलेभलको स्वास्थ्य स्थिती बारे खुल्न नहुने बताउँदै भन्यो स्वास्थ्य स्थिती जटिल नै छ । राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि भर्ना भएका थिए ।
पहिलो उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो । राष्ट्रपति पौडेलले गत वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । उनलाई असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गराइएको थियो ।
अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य भन्न सक्ने अवस्था छैन् । पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।
पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ । ‘मुटुले चाल कम भएपछि शल्यक्रिया गरेर ब्याट्री राखिन्छ । जुन देब्रे छातीको मुनिको भागमा राखिन्छ । त्यसबाट तार लगेर मुटुमा जोडिन्छ । मुटु चाल कम भएको बेला त्यही तारले धड्कन दिएर मुटु चल्छ,’ । तर, पेसमेकरले मुटुलाई विद्युतीय झट्का भने दिँदैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर