समाज : कुमारी स्थान संरक्षण संस्थाको आयोजनामा बृहत स्वास्थ्य परिक्षण
- श्रावण ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सामाजिक र धार्मीक सेवाको माध्यमबाट समाजमा छाईरहेको खरिडाँडा बत्तिसपुतली स्थिती रहेको कुमारी स्थान संरक्षण संस्थाले आफनो सामाजिक कार्यनितिलाई नियाल्दै स्वास्थ्यको क्षेत्रमा पनि हात हालेको छ ।
धार्मीक माध्यमबाट समाजको सेवा गर्दै आइरहेको संरक्षण संस्थाले कुमारी मन्दिर परिसरमा भजन गृह, विवाह ब्रतमन स्थल देखी क्रियापुर्ती भवन निर्माण गरि समाज प्रति आफनो उत्तरदायीत्व बहन गराईरहेको छ ।
त्यही कुरालाई मध्यनजर राख्दै स्वास्थ्यको क्षेत्रमा केही गरौ भन्ने उद्देश्यले साउन ६ गते मन्दिर परिसरमा बृहत निशुल्क स्वास्थ्य परिक्षण सेवा दिएको छ । सिनामंगलमा रहेको क्रिस्टल डाइगोनिष्ट प्रा.लिको सहयोगमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
जम्मा ८८ जनाले आफनो स्वास्थ्य परिक्षण गराएको क्रिस्टल डाइगोनिष्टका व्यापार प्रवन्धक रमेश थापाले बताएका छन् । सो कार्यक्रममा सो क्षेत्रको उर्जाशिल क्लव कुमारी युवा क्लवले पनि सामूहिक कार्यमा सहयोग गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments