१०० किलो सुन काण्ड : ठुलो पैमानामा सुन तस्करी भएको छ , अनुसन्धान त्यहाँ सम्म पुग्नु आवश्यक छैन र ? – एमाले महासचिव पोखरेल
- श्रावण ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
१०० किलो सुन काण्डको प्रसंग लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको मेलोमितो विना यस्तो कार्य नहुने औँल्याएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफनो १०० किलो काण्ड अरुलाई डाम्ने माध्यम मात्र भएको पनि बताएका छन् ।
सत्ता र साख आफनो पोल्टामा लिएर अरुलाई डाम्ने नियति राख्नु भनेको कत्ति सम्मको न्यायसम्मत छ ।
कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ । के अनुसन्धान त्यहाँ सम्म पुग्नु आवश्यक छैन र ?
सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो?’, उनले फेसबुकमा लेखेका छन्, ‘१०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ ।
बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनले उन्मुक्ति पाउँछ र? अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्वमाथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र? हुँदैन।’ पोखरेलले सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले जवाफदेही बन्नैपर्छ भन्दै पाँच प्रश्न तेर्स्याएका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments