•  ११ पुष २०८१, बिहीबार

नक्कली शरणार्थी प्रकरण : देउवाका राइट हेण्ड खाँण प्रति कांग्रेस किन लोयल ? आफनो निर्णयले आफै सिद्धिने बाटोमा

- श्रावण ८, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको पदाधिकारीहरुको बैठकमा नेता बालकृष्ण खाँणको पक्षमा बोलेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले हल्का महसुस गरेका छन् ।
खाँणको पक्षमा खुलेर लागेका सभापति देउवाले खाँणलाई उन्मुक्ति दिलाउन विभिन्न निति अपनाई रहेपनि अहिले सम्म सफल भएका थिएनन । तर कांग्रेसका नेताहरु खुलेरै खाँणको पक्षमा बोल्न थाले पछि सभापति देउवाले शान्तिको सास फेरेका छन् ।
देशमा देखीएको विभिन्न काण्ड मध्ये एक थियो भुटानी शरणार्थी प्रकरण । तर त्यसपछि विभिन्न काण्डहरु बाहिरी रहे पनि बाहिरीएका सबै काण्डहरुले पार पाउने कुरामा भने अहिले संका नै छ ।
एकपछि अर्को काण्ड बाहिरीदै गर्दा अहिले अनुसन्धान गर्ने अधिकारीहरु नै कन्फ्युजनमा छ । त्यसमाथि देशका उच्च पदस्थ ब्यक्तिहरु मुछिएको भुटानी शरणार्थी प्रकरणले गर्दा उच्च नेताहरुको टाउको दुखाई नै भएको छ ।
शरणार्थी प्रकरण बाहिरीएको बेलामा कांग्रेसका नेताहरुले खाँणलाई पार्टीबाट निलम्बन गर्नु पर्ने कुरामा चर्को आवाज उठाएका थिए । जुन बेला सभापति देउवा निकै तनावमा थिए । तर अहिले केन्द्रीय कार्यसमितिलाई देखाएर निलम्बन गर्नुपर्ने मागलाई थाती लगाउन चालमा लागेका छन् सभापति देउवा ।


आर्थिक टकरावको पछाडि दौडने नेताको पछाडि यसरी कांंग्रेसका बुद्धिमान भनाउँदा नेताहरु लाग्नुले देशका राजनीतिका हस्तिहरुको बुद्धिमतालाई अब कसरी बयान गर्ने भन्ने अर्को प्रश्न उब्जिएको छ ।
२०६५ सालदेखि केन्द्रीय सदस्य रहेका खाँणको कांग्रेसमा राम्रै व्यक्तित्व थियो । उनी सँग प्राय नेताहरुको राम्रै हिमचिम थियो । उनी कांग्रेसको सेन्टर प्वान्टको हस्ति थिए । प्रमुख नेताहरुलाई हात लिएर राजनीतिक चालमा हरेक प्रकारका चाल चल्न सक्ने खुबी पनि थियो खाँणमा ।
तर जब खाँणले आफनो राजनीतिलाई बिस्तार गर्दै लगे उनको भित्रि मनोकांक्षा देखी राजनीति गर्ने शैलीमा समेत परिवर्तन आउन थालेको उनी निकट कांग्रेसका नेताहरु बताउने गर्छन् ।
कांग्रेस सभापति देउवा राइट हेन्ड रहेका सभापति देउवाको बोली भनेको नै उनको बोली हुन्थ्यो कुनै बेला । युवा कालिन अवस्था देखी बुटवलका यी राजनीतिज्ञले पावर सेयरिंगलाई राम्रै सँग प्रयोग पनि पाइन्छ ।
२०४४ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघको नेतृत्व गरेका खाँणले शक्तिलाई बिस्तारीत गर्ने कार्य भने तरुण दलको अध्यक्ष हुँदा गरेका थिए ।
जसरी खाँणले आफनो शक्तिलाई बिस्तारीत गर्दै लगे उनी भित्र अनौठा भुतहरु पनि सवार हुन थालेको उनी निकट नेताहरु नै बताउँछन् । सभापति देउवाको चाललाई प्रयोग गर्ने दिमागमा उनमा थियो । खाँणले त्यहि शक्तिको आडमा र सभापति देउवाको तथास्तुमा पार्टीका आफूभन्दा बरिष्ठ नेताहरुलाई पछाडि पार्दै शक्ति हुत्याउँदै थिए ।
उनी कांग्रेस प्रजातान्त्रिकतिर लागेका बेला बनेका अध्यक्ष विनोद कायस्थ बाहेक सबै अध्यक्ष खाँण निकटकै भए । महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतदेखि वर्तमान अध्यक्ष विद्वान् गुरुङ उनी निकटका थिए ।

नेतृत्वमा बस्नेहरूले पार्टी महाधिवेशनमा हुने घाटा–नाफा हेरेर निलम्बन नगरे पनि उनीहरूको राजनीतिक साख फर्किएको छैन, बरु कांग्रेसकै साख गिर्ने काम भएको छ । ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’ तर ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’ आफनो गरेको भष्ट्राचारको कुरालाई खाँणले स्वीकारेका थिए । राजनीति नै यस्तो रुप हो जसले मानिसको जिवनलाई कि तहसनहस पारिदिन्छ कि पूर्ण रुपले परिवर्तन गरिदिन्छ ।
खाली यसलाई प्रयोग गर्न मात्र जान्नु पर्छ ।

अविस्वास माथि विश्वासको आधार पनि हो राजनीति । कसले कहाँ कति खेर जाक्छ थाहा हुँदैन । विधार्थी राजनीति देखी राष्ट्रिय राजनीति सम्म निकै चर्चाको नाम थियो नेपाली कांग्रेसका युवा नेता खाँणको । सबैलाई समेटेर लान सक्ने र नेतृत्वदायी गुण भएका नेताको रुपमा उनी जहिले पनि चर्चामा हुन्थे । माथिल्लो नेतृत्व पनि उनको कार्यशैली देखी प्रशन्न थिए ।
बिस्तारै बढ्दै गएको राजनीतिक चर्चाले खाँणमा केही परिवर्तन आउन थालेको उनका निकटहरु बताउँछन् । त्यसमध्ये सबै परिवर्तीत कुरा थियो आर्थिक पक्ष । खाँण अहिले नक्कली नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए । २९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका थिए खाँण ।
जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।
बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर अहिले कांग्रेसका केही नेताहरुले सभापति देउवाको चालनिती जसरी पछ्याउने निति लिन थाले त्यसले ‘ कांग्रेसलाई कुन अवस्थामा लैजान्छ भनेर सोच्नु बेला पनि आएको छ । यस्तो गलत निर्णयले कांग्रेसको अवस्था भारतीय कांग्रेसको जस्तो अवस्था आउनसक्ला भन्न सकिंदैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर