•  ११ पुष २०८१, बिहीबार

खेल /क्रिकेट : विकेटकिपर भण्डारी, तीव्र गतिका युवा बलर ऐरी र अलराउन्डर यादव अभ्यासको लागि भारत जाँदै

- श्रावण ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली क्रिकेट टोली अहिले आगमी महिना हुने एसिया कपको लागि विशेष प्रशिक्षणमा श्रीलंकामा छ । इमर्जिङ कप खेल्न गएको नेपाल उतै बसेर प्रशिक्षण गरेको छ । वर्षाको कारण नेपालमा सम्भव नभएपछि टोली उतै बसेर विशेष प्रशिक्षण गरेको हो ।
त्यो सँगै नेपाल क्रिकेट संघ (क्यान) ले विकेटकिपर विनोद भण्डारी, युवा तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउन्डर विवेक यादवलाई अभ्यासको लागि भारत पठाउने तयारी गरेको छ ।
नेपाली टोलीको विशेष प्रशिक्षणको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी र आसिफ शेख श्रीलंका जानेछन् । करण, ज्ञानेन्द्र र आरिफ इमर्जिङ कपमा टोलीमा थिएनन् । आसिफ भने इमर्जिङ कप खेल्न श्रीलंका गए पनि राहदानी (पासपोर्ट) को म्याद थप्न नेपाल आएका थिए ।
नेपालले आगमी अक्टोबर पहिलो साता घरेलु मैदान टियु र मुलपानीमा आइसिसी विश्वकप टि२० एसिया छनोट आयोजना गर्दैछ । नेपालले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सेप्टेम्बर अक्टोबरमा क्रिकेटमा सहभागी जनाउनेछ ।

नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी, कमलसिंह ऐरी र विवेक यादव लगायतका खेलाडीलाई भारतमा अभ्यास गर्न पठाउने तयारी गरेको क्यानले जनाएको छ ।


‘ क्यानका अनुसार भारतमा अभ्यासको लागि चार पाँच जनालाई पहिलो चरणमा पठाउने तयारी गरेको छ । अनि दोस्रो चरणमा पनि पठाउँछौं क्यानका एक पदाधिकारीले बताए । उनले भने, बेंगलोर र मुम्बईको एकेडेमी हेरेका छौं । दुई तीन वटा राम्रो एकेडेमीसँग कुरा भई राखेको छ । अव एक हप्ताभीत्र भारत पठाउने तयारी गरेका छौं ।
नेपालका दुई प्रमुख खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि२० खेल्न क्यानडा गएका छन् । ग्लोबल टि२० क्यानडा फाइनल ६ अगष्टमा सकिनेछ । लिगको अन्तिम खेल दीपेन्द्र सम्मिलित मोन्टरिएल टाइगर्सले अगष्ट १ र सन्दीप सम्मिलित सर्रे जागुअर्सले अगष्ट २ मा खेल्नेछ ।

लिगमा टोलीको प्रदर्शनले नेपाली क्रिकेटसँग कहिले जोडिने पक्का हुनेछ । यी दुबै टोली प्लेअफ हुँदै फाइनल खेलेको खण्डमा भने ६ अगष्ट पछि मात्रै टोलीमा जोडिनेछन् ।
दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । करण र ज्ञानेन्द्रलाई विश्राम दिने निर्णय लिएको थियो । आरिफले भने पारिवारिक कारण देखाउँदै नखेल्ने जनाएपछि पवन सरार्फले खेलेका थिए ।
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध ९ र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो । नेपाली टोली श्रीलंकामै बसेर विशेष प्रशिक्षण गरेको छ ।


नेपालले श्रीलंकामा रहँदा चार अभ्यास खेल खेल्नेछ । नेपालले अभ्यास खेल स्थानीय टोली श्रीलंका डेभलपमेन्टसँग खेल्नेछ । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा खेल्न लागेको हुँदा स्तरिय खेलाडी पाउने क्यानले बताएकोछ । त्यसपछि क्रिकेट टोली नेपाल आउनेछ । पाकिस्तान एसिया कप खेल्न जानेछ ।

नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर