१०० किलो सुन काण्ड : नेपाल प्रहरीले एसपी पंगेनीलाई अनुसन्धान अधिकृतको रुपमा पठायो
- श्रावण ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट भंसारका कर्मचारीहरुको सहयोगमा बाहिरीएको १०० किलो सुन बारे अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ। विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई पठाएको छ।
मानव वेचविखन अनुसन्धान ब्यूरोमा रहेका उनलाई यो प्रकरणको अनुसन्धान नसकिएसम्मका लागि विभागसँग सम्वन्वयन गरी अनुसन्धान गर्ने जिम्मेबारी तोकिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
विभागले आफ्नै स्रोतबाट प्राप्त सूचनाका आधारमा छापा मार्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको सुन बरामद गरेको थियो। मोटरसाइकल तथा स्कुटरको डिस्क ब्रेकको सुमा मोरेर ल्याइएको अवस्थामा सुन फेला परेको थियो।
सुन तस्करीमा गिरोह नै संलग्न रहेको र अन्य नेक्सस समेत पत्ता लगाउनुपर्ने भएपछि विभागले प्रहरीको सहयोग मागेको हो। यसअघि गृहमन्त्री नारायाणकाजी श्रेष्ठले विमानस्थलको अनुगमन गर्दै आवश्यक परेमा प्रहरीले अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। सुन प्रकरणमा धमाधम आरोपितहरु पक्राउ पर्न थालेपछि राजस्व अनुसन्धान विभागले प्रहरीमार्फत् थप अनुसन्धान गर्ने तयारी गरेको हो।
सुन प्रकरणमा १ जना चिनियाँ र तिब्बती मुलका १ जना भारतीयसहित नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरुविरुद्ध अनुसन्धानका लागि उच्च अदालत पाटनबाट म्याद थप गरिएको छ। उनीहरुविरुद्ध अनुसन्धानका लागि सुरुमा १० दिनको म्याद थप भएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments