युरोपमा हरेक वर्ष बीस हजारभन्दा बढीको डुबेर मृत्यु : मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण
- श्रावण ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ ।डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का युरोपेली क्षेत्रीय निर्देशक डा. हान्स हेनरी पी.क्लुगेलेले उक्त जानकारी दिएका हुन ।
विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।
डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउँने गरेका छन् । पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जलयातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्याङ्कमा समेटिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments