संगीत : “बादल बर्षा बिजुली साउनको पानी” ले ततायो नेपाल बाहिरको बजार

- श्रावण ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बादल बर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम् छ तातो जवानी

वरिष्ठ गायक आन्नद कार्की र प्रशना शाक्यको स्वरमा रहेको यो जति बेला निस्कियो । त्यति बेला पनि नेपाली सागीतिक बजारमा चर्चाको चुलिमा थियो । नेपाली युवायुवतीहरु माझ प्रख्याति कमाएको यो गीत अहिले नेपाली टिकटकर देखी भारतिय रिल्स निर्माताहरुको नजरमा परिरहेको छ ।


भारतिय रिल्समा अहिले १ नम्वरमा आफनो नाम लेखाउन सफल भएको यो गीतले भारतिय संगितको बजारमा झ्याली पिटिरहेको बताइन्छ । अहिले साउन महिना चलिरहेको र वर्षातको मौसम पनि भएकोले गर्दा यो गीतको महत्व ह्वातै बढेको पाइन्छ ।
भारतिय देखी नेपाली मूलका टिकटकर देखी रिल्स मेर्कसको आँखामा परेको यो गीतलाई साउन महिनाको महत्व सँग दाँजिएको छ । वर्षातको मौसममा यो गीतको तालमा कम्मर मर्काउदै नाचेर टिकटक र रिल्समा आफनो भ्यूज बढाउन लाग्ने युवायुवतीको संख्या नेपाल र भारतमा बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर