लुम्बिनी प्रदेश : तेस्रो अधिवेशनको २०औँ बैठक बस्दै
- श्रावण ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
लुम्बिनी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुख तुलाराम घर्तील ले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चौधरीले दिने गरि मंगलबार प्रदेशको तेस्रो अधिवेशनको २०औँ बैठक दिउँसो १ः०० बजे बस्न लागेको हो । सोमबार विशेष कारण स्थगन भएको बैठक बस्न लागेको जानकारी प्रदेश सचिव दुर्लभकुमार पुनमगरले दिए ।
सभामुख घर्तीले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची छ ।
यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments