•  ११ पुष २०८१, बिहीबार

महामन्त्री थापाले ल्याएको एजेन्डा र कार्यक्रम संस्थागत हो यसको कार्र्यान्वयन हुनुपर्छ : कांग्रेसका नेता बडू

- श्रावण ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रहेको बताए। उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यतालिका र कार्यक्रमहरू संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताए। उनले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँघ अघि बढ्ने बताए।
‘केन्द्रीय समितिका एजेण्डा सही छन्, व्यवस्थित रुपमा आएको छ। सबै एजेन्डामा सबैले आफ्ना विचार राख्नसक्ने समय भएन। त्यो भएको भए सबै एजेन्डामा सबैको विचार आउँथ्यो।

समय सीमित भयो, लाइभ गर्नेकुरा नयाँ भयो, लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन, कुनै केन्द्रीय सदस्यले एजेन्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो। केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत यो सबैको एजेन्डा र कार्यक्रम हो। संस्थागत कार्यक्रम हो’, उनले भने, ‘यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकतावद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो।

यसले पार्टीमा नयाँ जीवन दिन्छ। यो अब महमन्त्रीको कार्ययोजना नभइ संस्थाको रुपमा लिनुपर्छ। यसरी गए पार्टी निश्चित रुपमा अघि बढ्छ। पार्टीभित्र हाम्रो एकता छ, एकतावद्ध ढंगले जान्छौँ।’ नेता बडूले केन्द्रीय समितिको बैठकमा सबै एजेन्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर