•  ११ पुष २०८१, बिहीबार

म राम्रो नराम्रो अहिले भन्न सक्दिन, तर मलाई लाइभ अलि असजिलो लाग्यो : कांग्रेस नेता कोइराला

- श्रावण ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा नेता शेखर कोइरालाले केन्द्रिय समितिको बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताएका छन् ।
‘फेसबुक लाइभ ग¥यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला । म राम्रो नराम्रो अहिले भन्न सक्दिन’, कोइरालाले भने,‘म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो । केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ । बाहिर आउनु हुदैन ।’

संस्थापनइतर पक्षका नेताहरु सहभागी कार्यक्रममा महामन्त्री गगन थापा भने उपस्थित भएनन् । आफू र गगन बसेर छलफल गरेर नै मंगलबारको कार्यक्रम तय गरिएको कोइरालाले बताए । बुधबार सकिने केन्द्रीय समितिको बैठकको निर्णय मस्यौदा गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल राखेकाले गगन आउन नसकेको कोइरालाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर