बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते
- श्रावण ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
दाङ ।
दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।
घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका–६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।
बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments