बिश्व सेरोफेरो : सात महिनामा नै पदमुक्त – विदेशमन्त्री चिन गाङको ठाउँमा वाङ यी
- श्रावण १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौंं ।
गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा विदेशमन्त्री चिन गाङलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो । सन्ताउन्न वर्षीय चिन गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन् ।यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए। उनलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो।
विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरेको छ। उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए। उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन। तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ।
कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन् । उनी यसअघि पनि विदेशमन्त्री थिए । चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।
जसक्रममा गरिएका अनुमानमा उनलाई कि त राजनीतिक कारणले वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको उल्लेख गरिएका थिए। चीनको इतिहासमा विदेश मन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन्।
दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए।
त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए। चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments