मनोरञ्जन : यसपाली घर घरमा ‘मुन्द्रेको गाईजात्रा’
- श्रावण १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली हास्य क्षेत्रका जल्दाबल्दा तारा जीतु नेपाल (जीत बहादुर नेपाल) ले गाईजात्रामा दिइने मसला र यसको योजनाबारे सामाजिक सञ्जाल फेसबुक मार्फत बाहिर ल्याएका छन् । गाईजात्रा आउन एक महिना बाँकी रहे पनि जीतुले आफनो योजना भने बाहिर ल्याएका छन् । यो वर्षको गाईजात्रा पर्व भदौ १४ गते बिहिबार मनाईंदैछ ।
आफनो गाईजात्रे कार्यक्रमको योजनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हास्य अभिनेता जीतुले प्रस्तुतिको शीर्षक ‘मुन्द्रको गाईजात्रा’ हुने घोषणा गरेका छन् । भने उनको यो गाईजात्रा विशेष हास्य व्यंग्य कार्यक्रम उनकै यूट्युब च्यानल जीतुकमेडी मार्फत सार्वजनिक हुने भएको छ । भने घरमै बसेर ‘मुन्द्रेको गाईजात्रा’ हेर्न मिल्ने छ ।
‘करिव एक हप्तासम्म मेरा विभिन्न प्रस्तुतिहरु हेर्न सक्नु हुनेछ, जीतुले लेखेका छन्– ‘कार्यक्रमका बारेमा म यसैगरी जानकारी दिँदै जानेछु । यसपालीको गाईजात्राको उपलक्ष्यमा ‘मुन्द्रेको गाईजात्रा’ घरै बसी–बसी हेर्न पाइने, टिकट न चाहिने ।’
कलाकार नेपालले उनको यो कार्यक्रममार्फत आफ्नो व्यवसायको प्रचार–प्रसार गर्न चाहनेहरुले उनलाई सोझै सम्पर्क गर्न सक्ने जानकारी दिएका छन् । ‘गाईजात्रा पर्व सांस्कृतिक महत्वका साथै देशमा भएका विकृती–विसंगतिहरुलाई विभिन्न प्रस्तुतिमार्फत व्यंग्य गर्ने चाड पनि हो, जीतुले भनेका छन् – ‘हामीले पहिला–पहिला ‘तीते जीरे मेरी बास्सै’ गाइजात्रा कार्यक्रम १२–१५ वर्ष नियमित रूपमा प्रज्ञाभवन, कमलादीमा गर्ने गरेका थियौं ।’
यस कार्यक्रम मार्फत आफ्नो ब्यवसायको प्रचार प्रसार गर्न चाहनु भएमा मलाई सीधै सम्पर्क गर्नुहुन अनुरोध गरेका छन् YouTube channel मा आउने हुनाले बिषेश गरी बिदेशमा बढी हेरीने भएकोले बिदेशमा ब्यवसाय गरीरहनु भएका आदरणीय ब्यवसायी ज्यूहरू पनि जोडीन सक्नुहुनेछ आउनुहोस सहकार्य गरौ हाम्रो कला सककस्कृती र परम्परालाई बचाउन मद्दत गरौ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments