१०० किलो सुन काण्ड : काँक्रा चोरेर खाने एउटा, बियाँ अर्कैको कोटको गालामा टाँस्न सक्ने संका

- श्रावण १०, २०८० मा प्रकाशित


सुधीर नेपाल,
कठमाडौं ।

त्रिभुवन विमानस्थल भित्रको सबै सुरक्षा पार गरेर बाहिरीएर ट्याक्सीमा पसे पछि त्यहाँ सुन पक्राउ परेको थियो । यसरी भित्री सुरक्षा मजबुत हुँदा हुँदै पनि सुन कसरी बाहिरीयो यो कुरा रहस्यको कुनामा छ अहिलेसम्म । १०० किलो सुन काण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको वैधानिकता माथि अहिले संका गर्न थालिएको छ । अत्यन्त संवेदनशील क्षेत्र त्यसमा एअरपोर्ट जस्तो स्थानबाट बिना नापजाँच किलो का किलो सुन बाहिरीन्छ र बाहिरबाट समातिन्छ । त्यसमा संका गर्ने धेरै स्थान छन् ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयकै कर्मचारीहरुको सहयोगमा बाहिरीएको १०० किलो सुन बारे अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ। विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई पठाएको छ।

भने सुन समातिए पछि अहिले विमानस्थलको भन्सार कार्यालयका कर्मचारीहरुमा हंगामा मच्चिएको छ । अनुसन्धानमा एकपछि अर्को कर्मचारीहरु पर्ने सम्भावना बढ्दै गएको छ । विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेल जिम्मेवारी खोसिएको छ भने उनको स्थानमा अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ।


अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले यही बिषयलाई लिएर विभिन्न संका उपसंकाहरुको थालनी गर्न थालेको छ । एमाले भन्छन्, विभिन्न तह र निकायको निगरानी सहजै पार गर्नुको पछाडि ठूलै सेटिङ छ।
यही बिषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले तस्करीको १०० किलो सुन बरामद प्रकरणमा सत्ताधारीले ‘नाङ्गो नाच’ देखाइरहेको आरोप लगाएका छन्।
विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १०० किलो सुनको विषयलाई एमालेले सदनमा उठाउने तयारी गरेको छ । साउन महिनाको पहिलो साता कम्बोडिया भ्रमणमा रहेका ओलीले स्वदेश फर्किने क्रममा सुन प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका थिए।

उनले सुन तस्करीमा संलग्नता छै, छैन भन्नेबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए। अवैध रुपमा नेपाल भित्रिएको झन्डै सय किलो सुन राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । राजश्वले अवैध सुन बरामद गरेको विषयलाई लिएर सरकार (गृहमन्त्री नारायणकाजी श्रेष्ठ)ले त्यसमा संलग्न कसैलाई नछाड्ने निरन्तर बताउँदै आएका छन्। गृहमन्त्री श्रेष्ठले जसरी बताए पनि काण्ड पछिको काण्डले यसलाई पनि त्यतिकै छोपीदिने हो कि हल्ला पनि बजारमा छ ।
एमाले भने गृहमन्त्री श्रेष्ठविरुद्ध खनिइरहेको छ।

उक्त विषयमा गृहमन्त्री श्रेष्ठसहित अर्थमन्त्री डा प्रकाशशरण महतमाथि समेत प्रश्न गरिरहेको छ। माओवादी केन्द्रका नेता–कार्यकर्ता लगायतले सरकारले सुन पक्रेपछि एमालेहरुले विरोध गरेको भाष्य सिर्जना गरिरहेका छन्। त्यसमा एमालेका निकटस्थ व्यापारी हुन सक्ने भन्दै सामाजिक सञ्जालमा अध्यक्ष ओलीसँग उभिएको व्यापारी दिपक मल्होत्राको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भै रहेको छ ।

त्यसैमाथि केही दिनअघि गृहमन्त्री श्रेष्ठले कसैको पनि संलग्नता भए पनि नछाड्ने अभिव्यक्ति दिए । यसको नेक्सस बालुवाटार, खुमलटार र बालकोटसम्म पुगेको अवस्थामा हुन सक्नेमा संक गर्न थालिएको छ । काँक्रा चोरेर खाने एउटा, बियाँ अर्कैको कोटको गालामा टाँस्न सरकार उद्दत भएको टिप्पणी ओलीको थियो।

सरकार निकटस्थ दलका कार्यकर्ताले स्वतन्त्र छानबिन हुन नदिन विषयान्तर गरिरहेको बुझाइ एमालेको छ। यसमा सानोतिनो संलग्नतामा त यो काम भएको छैन । अहिले जो जो सरकारमा छन् उनीहरुको संलग्नता छ कि छैन, छैन भने कसको संलग्नता छ? को छ यसमा चाँही संका देखीएको छ ।
सुन तस्करीका विषयमा मन्त्रीहरु (गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री)ले जिम्मेवारी लिनुपर्ने विषयमा अहिले जोडदारले आवाज उठ्न थालेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर