प्रहरी /प्रशासन : निर्देशन अटेर गरेमा सेवाबाट हटाइने – सात दिनभित्र सम्पर्कमा आउन आग्रह
- श्रावण १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।
गैरहाजिरी रहेका लाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments