विचार / कांग्रेस -राजनीति : ब्यक्तिगत राजनीतिको चक्रब्यूहमा फस्दै कांग्रेस – सभापति देउवालाई फेरी धन्यवाद दिने अवसर आउला ?
- श्रावण ११, २०८० मा प्रकाशित
सुधीर नेपाल ।
पहिलो पटक लाइभ सो सहित सुरु भएको नेपाली कांग्रेसको बैठकलाई नियाँल्दा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकै खुशी देखीए किन भने, उनलाई लागेको थियो आफनो “धेरै आलोचना होला तर कम आलोचना भयो, यसका लागि उनले सबैलाई दिए धन्यवाद ।”
जसरी उनले पदाधिकारीहरुलाई आफनो आलोचना नगरेकोमा धन्यवाद दिए । त्यही कुराहरुलाई सम्झेर बढ्दो उमेरलाई ख्याल गरी देशमा उब्जिएका काण्डहरुका नाइकेहरुको साथ नदिई उनीहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रयासमा लाग्दा सभापति देउवाको कद झन् उचो हुन्थ्यो ।
तर राजनीतिमा यी बाहिर भन्ने कुरा मात्र हो । यति भनेर चुप बस्नु भने हुँदैन । किनभने अहिले व्याप्त रुपमा बढेको तस्करी देखी भष्ट्राचारका काण्डहरुले देशको अवस्थालाई कहाँ पुर्याउँदै छ । त्यो पनि भनि राख्नु पर्दैन । अहिले देशका हरेक नसाहरु सुक्न थालेका छन् । कुनै दिन यी नसाहरु साच्चै सुकेर देश नै सिद्धिने अवस्था नआउला भन्न सकिदैन् । किनभने अहिले देशमा देखीएको आर्थिक अभाव, व्यापारमा आएको चौपट, अराजक राजनीतिक माहोल देखी विभिन्न कुराहरुले देशको माहोललाई कता तर्फ मोड्दै छ । त्यो अवस्थाको जानकारी सबैभन्दा धेरै पटक देशको प्रधानमन्त्रीको पगरी गुथ्न सफल भएका सभापति देउवालाई थाहा नभएको भन्दा उदेक लाग्दो कुरा मात्र हुनेछ ।
आलोचनालाई सहन नसक्ने बानी परेका सभापति देउवाको आलोचना बजारमा धेरै हुने गर्छ । जसरी बिगतमा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको आलोचना हुन्थ्यो । त्यही अनुपातमा अहिले बजारमा सभापति देउवा लक्षित आलोचनाका स्वरहरु सुनिने गर्छ ।
हुन्् त सभापति देउवा पनि स्वर्गीय नेता कोइरालाबाट प्रशिक्षत व्यक्तित्व हुन् । कोइरालाले देखाएको बाटोलाई पछ्याउँदै पछि कोइरालाबाट रुष्ट भएर बाहिरीएका नेता हुन् देउवा । संगत गुनाको फल भने झै कांग्रेस राजनीतिमा जसरी सदाबहार र एकल रुपमा पारिवारीक देखी भित्रिया राजनीतिको प्रार्दुभाव गरेका थिए स्वर्गीय नेता कोइरालाले । कोइरालाको त्यो प्रवृतिलाई सहन नसकेर जसरी सभापति देउवाले कोइराला परिवार बिरुद्ध युद्ध छेडे । त्यो बेलाको समय, परिस्थिती र राजनीतिक अवस्थाले सभापति देउवालाई राम्रै साथ दियो ।
कांग्रेसलाई दुई टुक्रा पारेर पनि सभापति देउवा सफलताको बिन्दूमा चढे । पछि पार्टी एकता भएपछि त झन सभापति देउवाको कद बढ्न थाल्यो किनकी स्वर्गीय नेता कोइरालाको व्यवहार र उनले पार्टीमा लादेको पारिवारवादको एकलौटी पनाले कांग्रेस कार्यकर्ता देखी नेताहरु सम्म आजित भएका थिए । त्यो बेलाको सहि समय र सहि मौकाले नै अहिले सभापति देउवा यति माथि आएका हुन् । सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका सभापति देउवाले त्यो बेलाको मौकाको सहि उपयोग गरे ।
कांग्रेसमा देखीएको कोइराला परिवारको एक्लौटी राजलाई परास्त गरेर कांग्रेसलाई सहि दिशा दिने जर्मकोमा लागेका त्यो बेलाका देउवा र अहिलेका देउवामा आकाश जमिनको फरक भएको छ ।
प्रधानमन्त्री देखी पार्टी सभापति सम्ममा एकलौटी राज गर्न सफल भएका देउवाले आफना गुरु स्वर्गीय नेता कोइरालाको पदचापलाई राम्र्रै सँग पच्छ्याउन थाले । आफना भित्रिया देखी किचेन क्याविनेटका सदस्य बाहेक अन्यमा कठोर शैलीमा प्रस्तुत हुने देखी पार्टी भन्दा व्यक्तिलाई मान्यता दिने शैलीको बिकास सभापति देउवामा हुन् थाल्यो । सत्ता राजनीतिको लागि कुनै पनि हद पार गर्न सभापति देउवाले छोडेनन् । राजनीतिमा कांग्रेसको अजात शत्रु रहेका कम्युनिष्टहरु सँग लगनगाँठो कस्ने देखी पार्टीलाई गुटबन्दीको चरम अवस्थामा पुर्याउने कार्यमा सभापति देउवाले ठूलै लगानी गरे । ना की त्यति लगानी सभापति देउवाले पार्टीलाई सबल बनाउन लगाएका भए आज कांग्रेस कहाँ हुन्थ्यो ।
त्यो उनैलाई थाहा होला । हो पार्टीले दिन दिनै भोग्दै गइरहेको चरम अवस्था देखेर कांग्रेसका सामान्य भन्दा सामान्य कार्यकर्ता निरास छन् । कांग्रेस कार्यकर्ताहरुलाई आफनो मनको भावना पोख्ने स्थान नै छैन भन्दा पनि हुन्छ । किनकी कांग्रेसमा गुट बाहेकका कार्यकर्ता बाहेक अन्यलाई नियाल्ने चलन छैन् ।
यसै प्रसंगमा महामन्त्री गगन थापाले ल्याएको प्रसंगलाई जोडेको छु । एउटा घना जंगलमा आगो लागिरहेको थियो। जंगलको सबै पशुपंक्षी भागदौड गरेर ज्यान जोगाउन लाग्दै थिए। भागेको सबै जनावर र पंक्षीलाई आफ्नो चिन्ता थियो तर एउटा चरा पर खोलाबाट आफ्नो चुच्चोमा पानी ल्याउँदै दन्किरहेको जंगल माथि पानी खसालेर आगो निभाउने प्रयास गर्दैथियो। आफ्नो ज्यानको मात्र पर्वाह गरेर भागेका जनावरले जब त्यो चराको निरन्तरको प्रयत्न देखे त्यसमा सहयोग पु¥याउनको सट्टा चराको खिसिट्युरी गर्नथाले। हाँस्दै सबै जनावरको प्रतिनिधित्व गर्दै एउटा जनावरले चरालाई सोध्यो, ’त यो के पागलपन देखाउँदै छस ? तेरो चुच्चोमा ल्याएको पानीले यो आगो निभ्छ?’ आफ्नो प्रयासमा विश्वास गर्ने त्यो चराले जनावरलाई जवाफ दियो, ’मलाई थाहा छैन मेरो चुच्चोमा ल्याएको पानीले यो दन्किएको आगो निभ्छ कि निभ्दैन तर आजभन्दा धेरै वर्ष पछाडिसम्म कसैले त पक्कै भन्नेछ, कि दन्किएको आगो बाट जोगिन सबै भाग्दै गर्दा एउटा चरा थियो जसले यो निभाउने प्रयास ग¥यो। इतिहासले भाग्नेलाई होइन, समस्यासँग जुध्ने र प्रयास गर्नेलाई सम्झन्छ।’ महामन्त्री थापा भन्दै थिए, ’म बरु कांग्रेसको साधारण सदस्य भएर गर्वले बस्न तयार छु तर यो यथास्तिथि बदल्न जो रिसायोस म पछि हट्ने वाला छैन, मेरो आवाज आजबाट झन बुलन्द हुनेछ।’
हो अहिले युवा पदाधिकारीहरुको भेल कांग्रेसमा छ । जसमा दुई महामन्त्री थापा र शर्मा छन् भने उपसभापति देखी सहमहामन्त्रीहरु सम्म सबैले कांग्रेसलाई बुझेका छन् । तर कांग्रेसमा एकाधिकारवाद र गुटबन्दी भने हटेको छैन् ।
अहिले कांग्रेसका महामन्त्री थापाले ल्याएको विभिन्न प्रस्तावहरु सान्र्दभिक र पार्टी हितको पक्षमा भएपनि कसैको पनि सभापति देउवा बिरुद्ध बोल्न सक्ने आँट छैन् । जसको कारण हो गुट उपगुटमा रहेको खेमा ।
यस कारण पनि कांग्रेस दुर्लभ प्राणी बन्दै छ । यदी साच्चै कांग्रेसलाई कांग्रेस जस्तो बनाउने हो भने महामन्त्री थापाले ल्याएको रुपान्तरण देखी पार्टी शुद्धिकरणको सोचलाई अगाडी सार्नु पर्ने अवस्था आई सकेको छ । जसको लागि पार्टी सभापति देउवा बाहेक अन्यले गरेर केही हुँदैन् । पार्टीमा देखीएको बेथिती लगायतका अन्य कुराहरुको बारेमा सभापति देउवाले चासो नराख्ने हो भने देउवाले जसरी कांग्रेस पदाधिकारीहरुको बैैठकमा धन्यवादको पात्र बन्ने अवसर पाए त्यो अवसर इतिहास सम्म कायम रहला भन्न सकिदैन् । त्यसैले कांग्रेसलाई मृत हुन् बाट जोगाउने बाटो खोल्नु होला अनि मात्र तपाईको नाम कांग्रेसको इतिहासमा सुनौलो अक्षरले लेखिने छ सभापति ज्यू ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments