१०० किलो सुन काण्ड : सेयर र सिनेमाका लगानीकर्ता व्यापारी अडुकिया मुछिए सुन काण्डमा

- श्रावण ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नगद र जिन्सीको कारण जसको पनि मनको दाल गल्छ भन्ने एउटा कथन छ । जुन कथन अहिले सर्वाधिक चर्चाको बिषयमा रहेको १०० किलो सुन काण्ड सँग सरोकार राख्छ । अर्थ कमाउको यो खेलमा अहिले सम्म त भंसारका कर्मचारीहरु मात्र तारोको बिषय भएका थिए ।
अब यसमा बिस्तारै व्यापारी एवं सिने क्षेत्रका हस्तिहरु पनि मुछिन थालेका छन् । १०० किलो सुन काण्डमा नयाँ आवरणको रुपमा आएका व्यक्ति हुन् व्यापारी राकेशकुमार अडुकिया नेपाल सरकारको अनुसन्धान विभागले सर्वाधिक खोजीएका व्यक्तिका रुपमा चिनिएका अडुकिया सँग नेपाल र भारतका दुबै देशका वरिष्ठ व्यक्तिहरु सँग सम्पर्क र सम्वन्ध रहेको जानकारी प्राप्त भएको छ ।
उनी नेपाल र भारत दुबै देशको राहदानी रहेको पनि बताइएको छ । सिने क्षेत्रका साथै उनी सेयर कारोवार अब्बलता हासिल गर्ने चर्चित खेलाडी पनि हुन् ।

विशेष स्रोतको जानकारी अनुसार अडुकिया प्राय जसो जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश भ्रमण गर्ने पनि खुलेको छ । अहिले चर्चित काण्डको रुपमा रहेको १०० किलो सुन काण्डमा पनि उनको संग्लनता रहेको आशंका राजस्व अनुसन्धान विभागको छ।

उनी गत जनु २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत् दिल्ली पुगेका थिए। दिल्लीबाट उनी हङकङ पुगेका थिए। हङकङमा अडुकियाले १२ दिन बिताएका थिए। १२ दिनसम्म हङकङमा बसेर के गरे भन्ने नखुले पनि उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्द मिलाउने काम गरेको आशंका राजश्वको छ।

जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए। उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भए पछि सुनको धन्दामा लागेको आशंका गरिएको छ ।
तस्करीमा संलग्न भएको आरोपमा कमलपोखरीस्थित अडुकियाको घरमा छापा मार्दा भने उनले नेपाल छाडिसकेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा तस्करीको १ क्विन्टल सुन बरामद गरेको एक साता बितेपछि राजस्वको टोलीले अडुकियाको पनि संलग्नता रहेको आशंका देखेको थियो। त्यसपछि बुधबार राजस्वको टोलीले उनको घरमा छापा मा¥यो।

सेयर बजारका खेलाडी भनिएका यिनै अडुकियाले ‘तीन घुम्ती चलचित्र’ समेत निर्माण गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास‘तीन घुम्ती’मा आधारित रहेर अडुकियाले २०७३ सालमा चलचित्र निर्माण गरेका थिए। बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रका पटकथाकार सामिप्य तिमिल्सिना हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर