दाहाललाई ओलीको आरोप : एमालेको रकम खाए, पिए, एमालेको रकममा चले, हिसाब किताब बुझाएका छैनन्

- श्रावण १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको पैसा खाएको आरोप लगाएका छन् । शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले पार्टी एकीकरण गरेको भएपनि आफ्नो पार्टीलाई जीवितै राखेको टिप्पणी गरे ।

उनले पार्टी एकीकृत हुँदा आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागिपरेको आरोप पनि लगाए । माओवादीसँग एकता भनिएपनि ओलीले तेल एकातिर, पानी एकातिर भएजस्तै पार्टीमा एकता नभएको र हुनै नदिइएको टिप्पणी गरे । आफूहरुले कहिलेपनि छुट्टै भेला बैठक नगरेको भएपनि प्रचण्डले आफ्नो पार्टीको अलग्गै बैठक भेला गरेको उनले आरोप लगाए ।

दाहालले आफ्नो हिसाब किताब नबुझाएको पनि आरोप लगाए । प्रचण्डले रकम कहिल्यै नबुझाएको पनि ओलीको भनाइ छ । ‘एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, एमालेको रकम पिए, सबै गरे’ उनले भने, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन्, हिसाब पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन्, कार्यालय पनि दाखिल गरेनन्, बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन् ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर