समाज प्रति आफनो दायित्व बोध गराउनु नै मुख्य लक्ष्य : चमेली
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मानव कालमा जन्म दिनको महत्व छुट्टै हुन्छ । यसलाई मनाउने तरिकाहरु अलग अलग नै हुन्छ । कसैले साथीभाईहरुलाई एकजुट गरेर केक काटेर रमाइलो गरेर मनाउँछ , कोही मठ मन्दिरमा दर्शन गरेर परिवार सँग रमाएर मनाउने गर्छन् ।
तर यहाँ आफनो जन्म दिन मनाउने शैलीमा परिवर्तन गरेकी छिन् चमेली थापाले । उनले क्यानसर बाट लडिरहेकाहरु जो आर्थिक संकटको अभावमा लडिरहेका छन् त्यस्ता मानिसहरुलाई सहयोग गरेर आफनो जन्म दिन मनाएकी छिन् ।
आफनो जन्म दिनको अवसरमा थापाले गोर्खा जिल्लाको गण्डकी गा.पा वडा नं –३ फुजेल सिम्ले घर भएका बाबुराम श्रेष्ठ सान्त्वना स्वरुप केही आर्थिक सहयोग गरेर आफनो जन्म दिनलाई खुशीयाली बनाएकी छिन् । उपत्यका एक इन्सुरेन्स कम्पनिका एजेन्सी म्यानेजरको कार्यरत थापाले आफना सहयात्रीहरुको साथमा आफनो जन्म दिन मनाउने क्रममा श्रेष्ठलाई आर्थिक सहयोग गरेर सम्झेकी हुन् ।
समाजमा विभिन्न रोगहरुले थलिएकाहरु जो आर्र्थिक देखी विभिन्न कुराहरुले अक्रान्त बनेका छन् त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न पाउनु नै जीवनको उपलब्धी ठान्ने थापा समाजमा बसे पछि केही न केही सामाजिक पहिचान हुने काम त गर्नै पर्यो भन्ने मान्यता राख्छिन् । भन्छिन् , आफू ठूलो र धनी भएर होइन कि आफूमा समाज प्रति आफूले केही गर्नु पर्छ भन्ने भावना जागृत भएर मात्र यो कार्य गरेको हो । यस्ता कार्य गर्न पाउँदा मनमा निकै आन्नद र शान्ति मिल्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments