एजेन्डालाई मूर्त रुप दिन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

- श्रावण १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

यसअघि शनिबार बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेकी थिईन् ।

केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आइतबार अन्तिम रुप दिन लागिएको बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तय भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर